कुवेतबाट उद्दारको नाममा हिमालयन एयरलाइन्सको लुटतन्त्र !

योगेन्द्र योगी
९ असार, दोहा ।

Advertisement

हिमालयन एयरलाइन्सले कुवेतबाट समस्यामा परेका नेपालीहरुलाई उद्दारको नाममा गतिलो लुट मच्चाउने प्रयास भैरहेको भन्दै सबै नेपालीलाई सचेत हुन एनआरएनए कुवेतका महासचिब दिल कुमार पाख्रीनले सामाजिक सन्जाल मार्फत आग्रह गरेका छन् ।

उनका अनुसार नेपाल सरकारले ४१० डलर अर्थात १२६ केडि भाडदर तोके पनि हिमालयन एयरलाइन्सको टिकट बेच्ने एजेन्सी अल वसित टुर एन्ड ट्राभलले खुलेआम १९० केडिको ब्यानर छापेको छ ।

Advertisement

उनले लेखेका छन्,- ‘हिमालयन एयरलान्सको टिकट नलिन कुवेतबासी सबै नेपालीहरुलाई अनुरोध गर्दछु। साथै खुलेआम समस्यामा परेका नेपालीहरुलाई लुट्ने हिमालयन एयरलाइन्सलाई कारवाहिको दायरामा ल्याउन नेपाल सरकार र सम्बन्धीत निकायलाई र यहाँ टिकट बेच्ने जिम्मा पाएका एजेन्सिलाइ समेत त्यसो नगर्न नेपाली दूतावासद्वारा अनुरोध गर्नुहुन अनुरोध गर्दछु।’

यता, कुवेतस्थित नेपाली दूतावासले भने १३० केडी भन्दा कम पर्ने कुरालाइ जिकिर गर्दै भ्रममा नपर्न सबै कुवेतबासी नेपालीहरुलाई सूचना गरी गरेको छ । दूतावासले एक बिज्ञप्ति जारी गर्दै हिमालय एयरलाइन्सको भाडादरको बारेमा हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

Advertisement

सामाजिक सञ्जालमा हिमालय एअरलाइन्सको उडान भाडा कोरोना जाँच समेत गरेर १९० कुवेती दिनार रहेको भनेर प्रचार गरिएको भन्दै यसमा विश्वास नगर्न समेत दूतावासले आग्रह गरेको छ ।

भाडा सम्बन्धमा दूतावासको कुनै भूमिका नरहेको तथा दूतावासद्वारा सूचित आधिकारिक सूचनामा यस्तो जानकारी कतै उल्लेख नभएको दूतावासले जनाएको छ । दूतावासले गत जुन १८ मा जारी गरेको सूचना अनुसार नै भाडादर भएको जनाएको छ ।

कुवेतदेखि काठमाडाैँ चार्टर्ड फ्लाइटका लागि नेपाल सरकारले तोकेको प्रतिव्यक्ति भाडादर ४१० अमेरिकी डलर (सम्पूर्ण करहरुसहित) रहेको हुँदा त्यही अनुसार तयारी गर्न स्वदेश फर्किने तयारीमा रहेका सम्पूर्ण नेपालीहरुलाई दूतावासले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top