प्रधानमन्त्रीको सुरक्षाका लागि ५ करोडको सुरक्षा उपकरण किन्दै प्रहरी

८ असार ७७, मंगलबार

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई र्‍यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो ।

प्रहरीलाई तत्काल आवश्यक नभएको सो उपकरण खरिदमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आफैंले चासो दिएर चाँडै खरिद गर्न निर्देशन दिइसकेका छन् ।

कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा ५ करोड खर्चेर उपकरण खरिद गर्न चिनियाँ कम्पनी हुवावेको नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरिएको छ । सो उपकरणले प्रधानमन्त्रीको सवारीका बेला सर्भिलेन्स गर्नेछ ।

प्रधानमन्त्रीमाथि आक्रमण भए वा अन्य विपत्ति आइलागे सुरक्षा निकायलाई तुरुन्तै भिडियो रिपोर्ट दिने भएकाले प्रधानमन्त्रीका आइटी विज्ञको सल्लाहमा उपकरण खरिद अन्तिम चरणमान पु¥याइएको हो । त्यसका लागि नेपाल प्रहरीको सूचना तथा प्रविधि निर्देशनालयले फागुन १९ मा बोलपत्र आह्वान गरेको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top