वैदेशिक रोजगारीमा जाने नेपालीको आयु आधा मात्रै !

काठमाडौं : नेपालीको औसत आयु ७०.५ वर्ष छ। तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन्। यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ।

Advertisement

वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन्। बर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समूहको हो। पछिल्लो एक दशकमा करिब ९ हजार नेपाली कामदारले विदेशमा ज्यान गुमाएको बोर्डले जनाएको छ। उसले श्रम स्वीकृति नलिई विदेश जाने र अन्य भिसामा गएकाको तथ्यांक राख्दैन।

सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा ग¥यो। तर, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा नेपालबाट बर्सेनि ४ लाख ५० हजार कामदार विदेश जान बाध्य छन्। तीमध्ये दैनिक तीन जनाको पार्थिव–शरीर बाकसमा आउने गरेको छ।

Advertisement

श्रमविज्ञ डा. गणेशमान गुरुङका अनुसार वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक तथ्य पहिचान हुन सकेको छैन। शव पोस्टमार्टम नगरी पठाइने गरेकाले मृत्युको कारण खुल्न नसकेको हो। स्वदेश ल्याएपछि पनि सरकारले पोस्टमार्टम नगरी आफन्तलाई पार्थिव–शरीर बुझाउने गरेको छ। श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्न सके मात्रै पनि मृत्युको तथ्य पत्ता लाग्ने श्रमविज्ञ गुरुङको भनाइ छ।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top