घरभाडामा ५० प्रतिशत छुट दिन ठमेलका व्यवसायीको माग

८ असार ७७, मंगलबार

९ असार, काठमाडौँ ।
कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् ।

बन्दाबन्दीका कारण तीन महिनादेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना रहेको भन्दै ५० प्रतिशत भाडा समायोजन गरिदिन ठमेलका घरधनीलाई आग्रह गरेका हुन् ।

आइतबार ठमेल पर्यटन विकास परिषदको कार्यालयमा परिषद्वारा गठित कोभिड– १९ पर्यटन व्यवसायी विपद समन्वय समितिका संयोजक तथा परिषदका उपाध्यक्ष भविश्वर शर्माको अध्यक्षतामा पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाबीच भएको छलफलले घर भाडाको ५० प्रतिशत छुट दिन र कोभिड महामारी अवधिभर घर भाडा नबढाउन आग्रह गरिएको सोमाबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बन्दाबन्दी सुरु भएदेखि कम्तीमा एक वर्षसम्म ठमेललगायतका पर्यटकीय क्षेत्रका घर धनी र व्यवसायी दुवै पक्षलाई सहज हुने गरी छुट दिन घर धनीलाई सार्वजनिक आह्वान गरिएको संयोजक शर्माले बताए ।

ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीले बन्दाबन्दी सुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्षसम्मका लागि विद्युत महसुलको ५० प्रतिशत छुट र विद्युतको युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरेका छन् ।

त्यस्तै इन्टरनेटका हकमा सोही मुताविक अनुरोध गरिएको छ । कोभिड महामारीबाट धरासायी बनेको पर्यटन र पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जोडिने ठमेललगायतका सम्पूर्ण पर्यटकीय व्यवसाय तथा व्यवसायीलाई जोगाउन घरधनी, व्यवसायी तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण गराउने संयुक्त संस्थामा परिषद्, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एशोसिएसन अफ नेपाल, गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी सङ्घ नेपाल र कैलाश यात्रा सङ्घ रहेका छन् ।

बन्दाबन्दीले अहिले ठमेल क्षेत्र सुनसान जस्तै छ । कतिपय व्यवसायीको सटर बन्द छन् । संयोजक शर्माका अनुसार ठमेल क्षेत्रमा २०० घरधनी र १० हजार व्यवसायी रहेको बताइन्छ ।(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top