विराटनगरमा नागरिकता विधेयक जलाईयो

९ असार, विराटनगर ।
बिराटनगरमा राजपा तथा संघीय समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पाार्टीका नेता—कार्यकर्ताले नागरिकता बिधेयक खारेजीको माग गर्दै बिधेयक जलाएका छन् ।

Advertisement

बिरानटगर-९ स्थित बजार क्षेत्रमा सो पार्टीका नेता कार्यकर्ताहरुले नेकपा सचिवालयको बैठक मुर्दाबाद भन्दै बिधेयकको प्रतिकात्मक प्रावधान लेखिएका प्लेकार्डहरु जलाएर सरकारको कार्यशैलीको विरोध गरेका हुन् । सो पार्टीका नेताहरुले प्रतिनिधिसभामा पेस भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग समेत गरेका छन् । समाजवादी पार्टीका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले नागरिकता बिधेयक तत्काल खारेज गर्न माग गरेका छन् ।

Advertisement

यस्तै विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष समेत रहेका युवा नेता असलम आलमले सरकारले जारी गर्न लागेको नाागरिकता बिधेयक मधेसी महिला मात्र नभई सिङ्गो नेपाली महिला माथिको प्रहार भएको बताए । उनले विधेयक पारित भए राष्ट्रियता, भौगोलिक अखण्डतामाथि प्रहार हुने बताउँदै विधेयक स्थगन गर्न माग गरेका छन् ।

नगर परिक्रमा पश्चात कोणसभामा परिणत भएको बिरोध कार्यक्रममा सरकार बिरुद्ध नारावाजी समेत गरिएको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top