×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

कोभिड–१९ का आदेश कार्यान्वयनमा सर्वोच्च अदालतको चासो

१० असार २०७७

१० असार, काठमाडौँ ।

कोभिड–१९ सम्बन्धी आदेशको कार्यान्वयन भए नभएको विषयमा सर्वोच्च अदालतले चासो लिएर मंगलबार सम्बन्धित मन्त्रालयसँग छलफल गरेको छ । केन्द्रीय न्याय क्षेत्र समन्वय समिति र न्यायमा पहुँच आयोगको समन्वय एवं सर्वोच्च अदालतले मंगलबार कोरोनाको नियन्त्रणसँग सम्बन्धित मन्त्रालयहरुले आदेश कार्यान्वयनमा गरिरहेको कार्यप्रगतिका बारेमा छलफल आयोजना गरेको हो ।

Advertisement
Advertisement

सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दीको अवस्थामा पनि सर्वोच्च अदालतले अत्यावश्यक सेवाअन्तर्गत बन्दी प्रत्यक्षीकरण र जनताको मौलिक हकमा आघात नपुगोस् भन्ने उद्देश्यले कोभिड–१९ सँग सम्बन्धित रिट निवेदनको सुनुवाइ गरी फैसला गरेको थियो । यो अवधिमा सर्वोच्च अदालतमा ४२ वटा रिट निवेदन दर्ता भएका थिए । तीमध्ये २३ वटा रिटमा अन्तरिम आदेश जारी भएका छन् । कार्यक्रममा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका अध्यक्षसमेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले नागरिकको जीवनरक्षाका लागि गरिएका फैसला तथा आदेशको कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले जनताको मौलिक हकको रक्षाका लागि अदालत उदासिन रहन नसक्ने भएकाले राज्यका अन्य निकाय पनि उदासिन हुनु हुँदैन भन्ने अपेक्षा गरिने उल्लेख गरे । न्यायमा पहुँच आयोगकी सदस्य सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अदालतबाट भएका आदेश कार्यान्वयन कहिले हुन्छ भन्नेभन्दा पनि तत्काल कार्यान्वयन भए नभएको कुरा महत्वपूर्ण हुने बताए । मुख्यसचिव लोकदर्शन रेग्मीले नागरिकको जीवन रक्षाको विषय सरकारको पहिलो प्राथमिकता रहेको र सर्वोच्च अदालतबाट कोभिड–१९ आदेशले नेपालभित्र र नेपाल बाहिर रहेका नागरिकको विषय पनि उठेकाले सोहीअनुरुप सरकारले आफ्ना काम कारवाही अगाडि बढाएको बताए ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले विषम परिस्थितिमा अत्यावश्यक सेवा नहुँदा जनताको जीवनयापन तथा दैनिकीमा समस्या आउने अवस्था हुन नदिन सेवामा सीमितता गर्दै अदालत सञ्चालनमा ल्याइएको उल्लेख गरे । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीको जीवनयापन तथा घर आउन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउन उपयुक्त कदम चाल्न आदेश गरेअनुसार सोमबारसम्म ६ हजार ४८६ नेपाली फर्किसकेको जानकारी गराए ।

राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले आफ्नो समकक्षीमार्फत पनि नेपाली कामदार, विद्यार्थी आदि विदेशमा रहेका नागरिकको संरक्षणका लागि गरिएका प्रयासका बारेमा उनले जानकारी दिए । गृहसचिव महेश्वर न्यौपानेले कारागारभित्रै आइसोलेशन, क्वारेन्टिन तथा मनोपरामर्शको समेत व्यवस्था गरिएको र अहिले पनि कोरोना परीक्षण गरेर मात्रै कारागारमा लिने व्यवस्था गरिएको तथा प्रमुख जिल्ला अधिकारीमार्फत उपयुक्त निर्णय लिन निर्देशन दिएको बताए । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले राहत कोष वितरणका सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयनमा गइसकेको जानकारी दिए ।

Advertisement

उनका अनुसार कोषमा रु २३६ करोड जम्मा भएको रु ६५ करोड खर्च भइसकेको जानकारी गराउँदै आइसोलेशन सेन्टर, क्वारेन्टिनलगायतको व्यवस्थापनमा कोषको रकम प्रयोग भइरहेको छ । छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यमकुमारी खतिवडाले बन्दाबन्दीकै समयमा महिला, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकको सन्दर्भमा आवश्यक काम गरिरहेको बताइन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले स्रोत साधन र सामथ्र्यको अभावका बीच सर्वोच्च अदालतका फैसला तथा आदेश कार्यान्वयन भइरहेको जानकारी गराए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top