मेलम्चीको पानी आउन थप ढिलाइ

१० असार ७७, बिहीबार

काठमाडौं : मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो ।

कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनु, आपूर्ति व्यवस्था सहज नहुनु र वर्षात्को समय भएकाले अझ एक वर्ष लाग्नसक्ने अनुमान गरिएको छ । प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सो अनुमान गरिएको हो ।

बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तसम्म मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचना निर्माणको काम सम्पन्न गरिसक्ने बताएका छन् । उनले भने, “असारमा भौतिक काम सम्पन्न गर्ने र नयाँ आर्थिक वर्षमा सुरुङको परीक्षण र वितरण प्रणालीमा जानेछौँ । ”

Advertisement

बैठकमा छिट्टै नै पानी परीक्षणको प्रक्रियामा जाने उनले बताए । मन्त्री मगरले भने, “प्राविधिक जटिलतालाई सबैले बुझनुपर्छ, चुनौती आउने कुरा स्वभाविक हो । हामी चुनौतीलाई सामना गरेर काम सम्पन्न गर्छौं, जतिसक्दो छिटो मेलम्चीको पानी घरघरमा लैजाने नै हाम्रो प्रयत्न छ । ”

बैठकमा सांसदले मेलम्चीको पानी कहिलेसम्म काठमाडौँ आउन सक्छ भन्ने जिज्ञासा राख्नुभएको थियो । पटकपटक मिति सरेको हुँदा राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्ची आउने कुरामा मान्छेले विश्वास गर्न छाडेकोसमेत बैठकमा चर्चा भएको थियो । कामको प्राविधिक अवस्थालाई मध्यनजर गर्दै फेरि समय सार्न नपर्ने गरी मिति तोक्नसमेत सांसदले निर्देशन गरेका छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top