मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु एक जना घाइते

१० असार ७७, बिहीबार

११ असार, हेटौंडा । मकवानपुरमा वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–२ को कालापानीमा गएराती परेको चट्याङले दुई जनाको मृत्यु भएको हो ।

Advertisement

चट्याङले १७ वर्षीया सम्झना घिसिङको घटनास्थलमा नै मृत्यु भएको हो भने २५ वर्षीया बिना घिसिङको उपचारका क्रममा स्थानीय दोभान स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका १३ वर्षीय किरण जिम्बाको स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top