सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु, एक जना गम्भीर घाइते

१० असार ७७, बिहीबार

११ असार, राजविराज । भारी वर्षासंगै परेको चट्याङ लागेर बिहीबार बिहान सप्तरीमा ४ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

Advertisement

कोसीमा नुहाउन गएका बेला कोसी ब्यारेजको पुल नजिक चट्याङ लागेर २ जनाको ज्यान गएको हो । महादेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिए ।

घरमा पूजा लगाएर नुहाउन गएका उनीहरु कोसी ब्यारेज पुगेका थिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको प्रहरी निरीक्षक खडकाले जनाए ।

Advertisement

चटयाङ लागेर गम्भीर घाइते रहेका राजगढ गाउँपालिका बेल्ही चपेनाका ४५ वर्षीय केसीलाल साहको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरीका डीएसपी तिलक भारतीले बताए ।

यस्तै आँगनमा काम गरिरहेकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।

Advertisement

यसैविच, मृत्यु भएका ३ जनाको परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top