बेलायतमा मानिसमा कोरोनाको खोप परीक्षण गर्ने तयारी सुरू

११ असार, एजेन्सी । बेलायतमा मानिसमाथि कोरोनाको खोप परीक्षण गर्ने तयारी सुरू भएको छ ।

Advertisement

लन्डनको इम्पेरियल कलेजमा ३ सय मानिसमाथि खोपको परीक्षण गर्ने तयारी भएको बिबिसीले जनाएको छ । यसको परीक्षणको नेतृत्व प्राध्यापक रविन शटोले गर्ने जनाइएको छ।

समाचारका अनुसार जनावरमाथि गरिएको खोप परीक्षण सफल भएको र यस खोपले मानिसको प्रतिरोधी क्षमता बलियो बनाउन सहयोग पु¥याउने बताइएको छ।

Advertisement

हाल विश्वका १ सय २० ठाउँमा कोरोनाविरूद्धको खोप बनाउने प्रयास जारी रहेको छ। यसमध्ये १३ स्थानमा खोप चिकित्सकीय परीक्षणको तहसम्म पुगिसकेको छ।

चीनमा पाँच, अमेरिकाका ३ र बेलायतका दुई वटा खोप विकास कार्यक्रम चिकित्सकिय चरणमा पुगेका छन्।

Advertisement

यसका अलावा अस्ट्रेलिया, रूस र जर्मनीका १(१ खोप विकास कार्यक्रम यो तहमा पुगेको बिबिसीले उल्लेख गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top