गौमूल गाउँपालिकामा चाउचाउ प्रतिबन्ध, मसलादार उत्पादन पनि बन्द

११ असार ७७, बिहीबार
Share this
669shares

११ असार, बाजुरा ।
गौमूल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ३२ करोड २९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ।

Advertisement

सातौँ गाउँसभामा उपाध्यक्ष सीता थापाले समानीकरण, संघीय र प्रदेश सरकारको अनुदान, सशर्त र राजस्व बाँडफाँट लगायत शीर्षक समावेश गरिएको रु ३२ करोड २८ लाख, ७६ हजार बराबरको बजेट प्रस्तुत गरिन्।

गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट शीर्षकमा पनि कृषि उत्पादन, आयआर्जन, युवा रोजगारका विषयलाई प्राथमिकतामा राखेको छ भने घटमुनामा १५ शय्याको अस्पताल निर्माण गर्ने गरी योजना अघि सारिएको छ।

Advertisement

बजारका खानेकुराको गाउँमा बिगबिगी बढेपछि अखाद्य वस्तुको प्रयोग न्यूनीकरण गर्ने गाउँसभाले निर्णय गरेको छ। गाउँसभाले जनस्वास्थ्यमा असर पार्ने बजारका तयारी खाद्य सामग्री प्रयोगमा रोक लगाउने र चाउचाउलाई गाउँपालिकाका ६ वटै वडामा पूर्ण रुपमा बिक्री बन्द गर्ने निर्णय गरेको छ।

गाउँपालिका केन्द्र रहेको घटमुना बजारबाहेक सबै वडामा चाउचाउसहितका मसलादार उत्पादन सामग्री बन्द गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष थापाले बताए। विद्यालय क्षेत्रबाट तीन सय मिटर आसपास क्षेत्रमा पत्रुखाना बिक्रिीवितरणमा रोक लगाइने र यसबारे नियमित सचेतना फैलाउने निर्णय गाउँपालिकाले गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top