×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

पासपोर्ट छाप्न हतार नगर्न सांसदहरुले दिए राहदानी विभागलाई सुझाव

११ असार २०७७

११ असार, काठमाडौँ ।
सांसदहरुले विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्न हतार नगर्न राहदानी विभागलाई सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार राहदानी विभागका महानिर्देशक रामकाजी खड्कासँग विद्युतीय राहदानी छपाईको आवस्यकताको विषयमा छलफल गरेको छ ।

छलफलका क्रममा सांसदहरुले अहिले पनि अझै २/३ वर्षलाई पुग्ने यन्त्रवाचक राहदान (एमआरपी राहदानी) मौज्दातमा रहेकाले हतारमा छाप्ने प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका हुन् । सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट रकमान्तर हुन नसकेको अवस्थामा महँगो मूल्यको विद्युतीय पासपोर्ट छापेर राज्यको ढुकुटीमा दवाव नपार्न महानिर्देशक खड्कालाई सुझाव दिएका हुन् । सरकारसँग अहिले ५ लाख ५० हजार ८ सय ८५ थान एमआरपी राहदानी मौज्दातमा रहेको छ । जसमध्ये कुटनीतिक ४ हजार ३ सय १९, विशेष १ हजार ७ सय १२, साधारण ५ लाख २१ ह्जार ७ सय ९४, र यात्रा अनुमतिपत्र २३ हजार ६०को संख्यामा एमआरपी राहदानी रहेको छ ।

Advertisement
Advertisement

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले पाँचलाख ५० हजार थान राहदानी मौज्दात रहेको र अहिलेको वितरणको फ्रिक्वेन्सी अनुसार सन २०२५ सम्मको लागि जारी गर्न प्रयाप्त पुग्ने बताए । उनले एकैपटक २० लाख पासपोर्ट छपाउँदा सरकारलाई आर्थिक भार पर्न जाने भएकाले अहिले जारी भएको ट्रेण्ड र मौज्दातलाई हेरेर मात्र खरिद प्रक्रिया अगाडि बढाउन सुझाव दिए । उनले भने, ‘अहिलेको नेपालको फ्रिक्वेन्सीको रेट २०२५ सम्म यो स्टकले जतिपनि पुग्छ । नयाँ खरिद गर्नुपर्छ जस्तो लाग्दैन । अर्को साधारण पासपोर्टको कुरामा अहिलेको ट्रेण्ड अनुसार मासिक कति नयाँ पासपोर्ट जारी भइरहेको छ । किन भने हामीले एकैचोटस् ३० लाख पासपोर्ट खरिद गर्ने टेण्डर गरिएको छ भन्ने जानकारी छ ।’

सांसद पुष्पा भुसालले विभागले छाप्न खोजेको विद्युतीय राहदानीको लागत एमआरपीको भन्दा महँगो पर्ने भएकाले पनि अहिलेको परिवेषमा आवस्यकता नभएको बताइन् । उनले कोरोना न्यूनीकरणका लागि प्रयाप्त पीसीआर परीक्षण गर्न नसेको र अर्थमन्त्रीले पनि अर्थतन्त्रमा डरलाग्दो अवस्था आउने संकेत गरिरहेको अवस्थामा थप भार पर्ने काम नगर्न सुझाव दिइन् । उनले अहिले पनि करिब ६ लाख थान एमआरपी राहदानी रहेको र त्यसको वैधानिकता २०२५ सम्म रहेकोले अहिले नै विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाउने विषयको औचित्यको बारेमा प्रश्न गरिन् । उनले भनिन्, ‘करिब ६ लाख थान हामीसँग पासपोर्ट छ । त्यसको वैधानिकता सन २०२५ सम्म छ भने अहिले ई–पासपोर्टको लागि टेण्डर आह्वान गरेर राष्ट्रिय ढुकुटी खर्च गर्नुपर्ने यसको औचित्यता के ?’

सांसद उमा रेग्मीले एमआरपी राहदानी खारेज गरी विद्युतीय राहदानी लागू गर्दा हुने आर्थिक क्षति कसले व्यहोर्ने हो स्पस्ट पार्न माग गरिन् । उनले सरकारले व्यहोर्ने भए कोरोनाको उपचारमा खर्च गर्न नसकेको अवस्थामा आर्थिक भार पार्न नहुने र व्यक्तिले व्यहोर्ने भएपनि उनीहरुमाथि समेत आर्थिक भार पर्ने भएकाले विचार गर्न आग्रह गरिन् । उनले भनिन्, ‘एमआरपी लाई क्यान्सील गरेर ई–पासपोर्ट लिदाखेरी आर्थिक भार कसले व्यहोर्ने हो ? सरकारले हो कि व्यक्तिले हो ? धरै त वैदेशिक रोजगारमा जाने अत्यन्त दुरदराज गाउँका युवाहरु प्नि छन् । अव यो पटक पटक पासपोर्ट फेरीरहदा उनीहरुलाई आर्थिक भार पर्छ किन त्यसलाई एउटा अवधि नसकिएसम्म त्यसैलाई निरन्तरता दिएर गर्नुप¥यो र नयाँ दिने लाई ई–पासपोर्ट दिनुप¥यो होइन भने आर्थिक भार कसरी व्यहोर्ने ?’ सांसद रेग्मीले पनि कारोना महामारीको अवस्थामा परीक्षण गर्न नसक्ने भइरहदा विद्युतीय राहदानी ल्याउन खोज्नु समय सापेक्ष नभएको बताइन् ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै विभागका महानिर्देशक खड्काले सरकारले केही वर्ष भित्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने तयारीमा रहेकाले तीन वर्षको मागलाई पूर्वानुमान गरी २० लाख थान विद्युतीय राहदानी छपाउन डेण्डर आह्वान गरिएको बताए । उनले राहदानीको पेज समेत बढाउन लागिएको बताउनुभयो । उनले भने ‘अहीले ३२ पेजको मात्रै छ । त्यसमा पनि भिसा पेज २४ पेज छ । तर अव हामीले प्रपोजल मागेकोमा के गरेका छौं भन्दाखेरी ४ लाख राहदानी ६४ पानाको र १६ लाख राहदानी ३२ पानाको हुन्छ ।’ आन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पनि २०२५ सम्म सदस्य राष्ट्रहरुले एमआरपी राहदानी जारी गर्न सक्ने जनाएको र २०७५ असार ३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार विद्युतीय राहदानी छाप्ने प्रक्रिया अगाडि बढाइएको बताए । उनले विद्युतीय राहदानी टेण्डरको हकमा विदेशमा बुकलेट छपाई हुने र नेपालामा पर्सनलाइजेसन गरिने बताए ।

Advertisement

महानिर्देशक खड्काले विद्युतीय राहदानी खरिद प्रक्रिया कोभिड पछि सुरु गरिएको नभई लामो समय देखि सरकारको प्राथमिकतामा रहेको विषय भएकाले सुरु गरिएको बताए । उनले आर्थिक वर्ष २०७०÷०७१ देखि अहिले सम्म सरकारका वार्षिक नीति तथा कार्यक्रममा गरिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले खरिद प्रक्रियालाई अगाडि बढाइएको बताए ।

भर्खरको समाचार

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top