कोरोना महामारीका कारण बन्द रहेको आइफेल टावर १०४ दिनपछि खुल्यो

११ असार ७७, बिहीबार
Share this
766shares

११ असार, पेरिस।

Advertisement

कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ ।

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टावर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।

Advertisement

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top