कविता : बुझ माया

११ असार ७७, बिहीबार
Share this
733shares
            ✍अरुण तामाङ

खै गल्ती कसको भनुम्,
तिमीले नबुझ्या हो कि , मैले बुझाउन नसकेको
माया अनि आफूलाई समय छुटाउन नसकेको,
सधैँ जिम्मेवारी अनि तिम्रो चिन्ताले यो मन कसेको।

Advertisement

अझै रहर बाँकी नै छ, फोनमा बोल्ने अनि घुम्न जाने,
तर के गर्नु यो लकडाउनले हाम्रो मिलन हुनलाई छेकेको,
तिमीलाई मेरो समय चाइया हो कि मेरो माया मत अलमलमा परेको छु,
म सम्झाउ छु तिमीलाई, माया र समय फरक हो तर तिमीले बुझ्न नमानेको ।

तिमीलाई भविष्य पनि उज्यालो चाहिने,
अहिले पनि समय चाहिने,
म भविष्यको लागी कर्म गर्न खोज्छु,
कर्म बिना सफलता आउदैन भनि किन तिमीले नबुझेको?

Advertisement

बुझ प्यारि बुझ अहिले नगरे कहिले,
माया त छदैछ, भविष्य बनाउ पहिले,
गर्व होस ति बाबु आमालाई,
रहिरहोस् आशिस हामी दुइमा जहिले।

अब फरक सोच्ने पालो आएको छ,
उमेर सँगसँगै जिम्मेवारी पनि पाएको छ,
त्यसैले बुझ्ने गर, आजको माया मिठो हो,
तर त्यो भन्दा ठूलो मेरो आमा बाबुको सपना रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top