×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

११ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(वर्षाको कहर)
अविरल वर्षासंगै परेको चट्याङ लागेर मोरङ, उदयपुर, सप्तरी र मकवानपुरका गरी ८ जनाको मृत्यु / ५ जना जना घाइते /नालाबाट पानीको निकास नहुँदा विराटनगरका अधिकांश क्षेत्र जलमग्न ।

Advertisement

२.(मृतक बढे संक्रमित थपिए)
स्याङजा र ललितपुरका दुई जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या २६ पुग्यो /एकैदिन ४ सय ३४ नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या पुग्यो ११ हजार १ सय ६२ / २ हजार ६ सय ५० जना डिस्चार्ज ।

३.(पछिल्लो तथ्याङ)
विहिबारसम्म पीसीआरबाट १ लाख ९९ हजार ७ सय ३७ र आरडिटीबाट २ लाख ८७ हजार ८ सय ६३ जनाको नमुना परीक्षण /देशभर ७४ हजार २२ क्वारेन्टिनमा /८ हजार ४ सय ८६ आइसोलेसनमा ।

४.(सदाको उपचार किन भएन ?)
क्वारेन्टाइनमा रहँदा झाडापखाला लाग्दा उपचार नभएको तथा आइसोलेसनमा राखिँदा पीसीआर रिपोर्ट नआएको भन्दै चिकित्सक नजिक नै नपरेपछि धनुषाका १६ वर्षीय राजु सदाको मृत्यु / अस्पतालको हेल्चेक्र्याइँले सदाको मृत्यु भएको परिवारको आरोप ।

५.(शव ब्यवस्थापनमै अवरोध)
पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाको अवरोध /स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान टायर बालेर अवरोध गरेपछि दुवैपक्षबीच झडप/ प्रहरीद्वारा हवाईफायर ।

६.(राजधानीको मोह)
प्रदेश ५ को राजधानी बाँकेमा ल्याउन पहल गर्ने अन्यथा कर्णाली प्रदेशमा समाहित हुने नेपालगञ्ज उपमहागरपालिकाको भनाई /नेपालगञ्ज धेरै पहिलेदेखि कर्णालीसँग जोडिएको भन्दै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा रहँदा सहज हुने उल्लेख ।

७.(चिकित्सक नै आन्दोलित)
प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिए / बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सवै सेवा ठप्प ।

८.(प्रतिवेदन सुनियोस्)
देश संघीय संरचनामा गएपनि सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव रहेको प्रतिवेदन सार्वजनिक /विद्यालय व्यवस्थापन समिति, शिक्षकको बढुवा सरुवामा स्थानीय तहले राजनीतिक हस्तक्षेप गरेको गुनासो ।

९.(समसामयिक विषय)
संसदीय समितिले सात वर्षपछि अंगीकृत नागरिकता दिने गरी पारित गरेको नागरिकता विधेयक सच्याउन मधेश केन्द्रित सांसदको माग / नीजि विद्यालयका शिक्षकहरुलाई उचित राहतको व्यवस्था गर्न सांसदहरुको आग्रह ।

१०.(कहिले छाप्ने राहदानी ?)
विद्युतीय राहदानी छाप्न हतार नगर्न राहदानी विभागलाई सांसदहरुको सुझाव/ एकैपटक २० लाख पासपोर्ट छपाउँदा सरकारलाई आर्थिक भार पर्न जाने भएकाले अहिले जारी भएको ट्रेण्ड र मौज्दातलाई हेरेर मात्र खरिद गर्न आग्रह ।

११.(होटलको समस्या)
घरभाडामा ५० प्रतिशत छुट लगायत १४ बुँदे माग सम्बोधन नगरे आन्दोलन गर्ने होटल व्यवसायी महासंघको चेतावनी / क्वारेन्टाइनका लागि सरकारले तारे होटल र साना होटलहरु बीच विभेद गरेको आरोप ।

१२.(समाचारको प्रभाव)
चीनले नेपाली भूम मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको भन्दै नेपाल चीनबीच कुनै समस्या उब्जएि वार्ताद्वारा समाधान गर्ने परराष्ट्र मन्त्रालयको भनाई /कृषि मन्त्रालयको अस्तत्विमा नै नरहेको रपिोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको उल्लेख ।

१३.(सिलिन्डरको अभाव)
विश्वभर कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन सिलिन्डरको कमी भएको विश्व स्वास्थ्य संगठनको ठहर / हरेक हप्ता १० लाख कोरोना संक्रमित थपिदा मेसिनको माग आपूर्तीभन्दा बढी भएको उल्लेख ।

१४.(श्रमिकको उडान)
कुवेत, कतार र यूएईबाट ६ सय ९ जना नेपालीहरु स्वदेश आइपुगे /आजै जापानबाट २ सय ५४ जना स्वदेश फर्कदै /वैदेशिक रोजगारीमा श्रमिकलाई जान दिने निर्णय गरेपनि श्रम गन्तव्य देशद्वारा यात्रुको प्रवेशमा रोक ।

र,

Advertisement

१५.(भयावहको तथ्याङ)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ४ लाख ८५ हजार बढीको मृत्यु/९५ लाख ५१ हजार बढी संक्रमित /५१ लख ९१ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top