नेकपाको स्थायी समितिको बैठक बालुवाटारमा सुरू

१२ असार, काठमाडौं । नेकपाको स्थायी समितिको बैठक सुरू भएको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा स्थायी समिति सदस्यहरूले बैठकमा प्रस्तुत भएका एजेण्डामा केन्द्रित रहेर आफ्ना धारणा राख्नेछन् ।

जेठ १० गतेदेखि सुरू भएको बैठकमा सरकारको काम,पार्टी एकताका बाँकी कामहरू, एमसिसी परियोजना लगायतका एजेण्डामा छलफल हुने तय भएको छ।

Advertisement

यसपटकको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन नभएकाले एजेण्डामात्रै तय गरिएको हो।

यसअघि जेठ १० गते बसेको पहिलो दिनको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।

Advertisement

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएको आफ्नाविरूद्ध गुटबन्दी गरिएको आरोप लगाएका थिए।

त्यस्तै, अर्का अध्यक्ष प्रचण्डले सरकारमा रहनेहरूलाई घमण्ड बढ्दै गएको आरोप लगाएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top