×

NEPAL TIMES UPDATES

Playing
किन चाहियो सांसद्लाई स्वकीय सचिव ? अधिकृत स्तरको सुविधा ब्युत्याउने|| Nepal Times
May 15, 2026
Playing
बालेनको हातमा सुपरपावर,एआई, साइबर,गुप्तचरदेखि सुरक्षासम्म || Nepal Times
May 15, 2026
Playing
Top 15 Afternoon News || May-15-2026 || Nepal Times
May 15, 2026
Playing
आज चीनबाट अमेरिका फर्किदै ट्रम्प, सीले दिनेछन् यस्तो उपहार|| Nepal Times
May 15, 2026
Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026

छाङ्रु र टिङ्करमा सरकारले हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउँदै

१२ असार २०७७

१२ असार, दार्चुला ।

सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पुर्‍याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउनका लागि यही असार ३ गते बोलपत्र आह्वान गरेर प्रक्रिया शुरु गरिसकेको छ ।

Advertisement
Advertisement

यसअघि भारत र चीनबाट आश्रित त्यहाँका नागरिकलाई खाद्यान्न पुर्‍याउन थालिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार ती दुई गाउँका १९२ घरधुरीका परिवारलाई तत्काल दुई सय क्विन्टल चामल पुर्‍याइने छ ।

सरकारले यसअघि गत वैशाख ३१ गते सीमा रक्षाका लागि छाङ्रुमा सीमा निगरानी चौकी स्थापना गरेको थियो । बन्दाबन्दीले गर्दा भारत र चीनबाट खाद्यान्न नआएपछि आफूहरुले ती ठाउँका सर्वसाधारणलाई खाद्यान्न पुर्‍याउन लागेको खनालले बताए । ‘‘पहिले ती गाउँका मानिसहरु भारत र चीनबाट खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए ’’, उनले भने, ‘‘ तर अहिले बन्दाबन्दीले गर्दा भारत र चीनबाट त्यहाँ खाद्यान्न ल्याउने अवस्था भएन । अनि हामीले गाउँपालिकाको समन्वयमा खाद्यान्न पुर्‍याउन थालेका हौँ ।”

उनका अनुसार यही महिनाको २५ गतेभित्र त्यहाँका सर्वसाधारणलाई चामल पुर्‍याउने छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले बन्दाबन्दीमा त्यहाँका जनतालाई खाद्यान्न पुर्‍याउन निर्देशन दिएपछि कम्पनीका नायब महाप्रबन्धक खनालसहितको टोली सुर्खेत गएको छ ।

कम्पनीले बोलपत्रमार्फत पुर्‍याएको चामल गाउँपालिकाले खरीद गरेर त्यहाँका सर्वसाधारणलाई सरकारी दरमा वितरण गर्नेछ । यसअघि कम्पनीले व्यास गाउँपालिकाकै सुनसेरा भन्ने ठाउँमा भने खाद्यान्न पु¥याउँदै आएको थियो ।

खनालले सुर्खेतबाट हेलिकप्टरमा ती दुई गाउँमा चामल पुर्‍याई सर्वसाधारणलाई वितरण गरिने बताए । अहिले ती दुई गाउँमा १९२ घरधुरी छन् । महाप्रबन्धक खनालले अब बिक्रीकेन्द्र स्थापना गरेर नियमित रुपमा ती ठाउँमा खाद्यान्न पु¥याइने बताए ।

गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बन्दाबन्दीका कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि कम्पनीलाई पत्र लेखेर खाद्यान्न आपूर्ति गर्न भनिएको बताए । उनका अनुसार कम्पनीले ल्याएको चामल छाङ्रु र टिङ्करका सर्वसाधारणलाई सयसय क्विन्टल वितरण गरिने छ ।

छ महिना सदरमुकाम र ६ महिना आफ्नो गाउँमा बस्ने त्यहाँका बासिन्दा बन्दाबन्दीका समयमा गत वैशाखको दोस्रो हप्ता गाउँपालिकाको सहयोगमा आफ्नो गाउँ पुगेका थिए ।

गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भारतसंँग सहकार्य गरेर सदरमुकाम खलङ्गाबाट उनीहरुलाई घर पुर्‍याइएको बताए । ‘‘ घर पुगेपछि बन्दाबन्दीको कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि के खाने भनेर समस्या भयो ’’, उनले भने, ‘‘ त्यही भएर हामीले सहुलियत दरमा ती मानिसलाई खाद्यान्न उपलब्ध गराउन खाद्य कम्पनीलाई आग्रह गरेका हौँ । त्यसैअनुसार खाद्यान्न आउन थालेको छ ।’’

उनका अनुसार गाउँपालिकाले खाद्यान्न ल्याउन अग्रीम भुक्तानीका लागि पैसा जम्मा गर्ने र पछि सर्वसाधारणलाई सरकारकै मूल्यमा चामल उपलब्ध गराउने छ । उनले अब छाङ्रुमा नै बिक्री केन्द्र स्थापना गरेर त्यहाँका बाासिन्दालाई नियमित खाद्यान्न वितरण गरिने बताए ।

Advertisement
Advertisement

फापर, उवा (गहुँको प्रजाति) र आलु त्यहाँका मुख्य बाली हुन् । उनीहरु मङ्सिरदेखि वैशाखसम्म सदरमुकाम खलङ्गा र जेठदेखि कात्तिकसम्म आफ्नै गाउँ बस्ने गर्छन् । गाउँमा बसेका बेला उनीहरु असारदेखि कात्तिकसम्म नेपाल र भारतबाट सामान लिएर तिब्वतको ताक्लाकोटमा गई व्यापार गर्छन् । त्यहाँबाट ताक्लाकोट पुग्न १२ घण्टा लाग्ने गरेको छ । उनीहरु भारत र चीनमा गरिने व्पापारबाट आम्दानी गरेको पैसाले आफूलाई चाहिएको उपभोग्य वस्तु किन्ने गर्छन् । गाउँपालिकाका अध्यक्ष बुढाथोकीका अनुसार करीब एक हजार जनसङ्ख्या रहेको ती दुई गाउँमा अहिले तीनचार सय मात्र मानिस छन् । अन्य मानिस रोजगारीका लागि नेपालका अन्य ठाउँ, भारत र चीन (तिब्बत) जाने गरेका छन् ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top