×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिविको परीक्षा अझै केही महिना नहुने

१३ असार २०७७

काठमाडौं : कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ ।

वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा भर्खरै अध्ययन गर्न थालिएकाले परीक्षाका बारेमा अझै केही महिना अन्योल नै हुने अवस्था देखिएको हो ।

Advertisement

यसबाट स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थी प्रत्यक्ष रूपले प्रभावित हुने भएका छन्  ।विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षाका लागि अझै केही महिना कुर्नुपर्ने अवस्था रहेको स्पष्ट गर्दै कोरोना सङ्क्रमण सामान्य भएर जनजीवन चल्न थालेपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।

वार्षिक आधारमा पठनपाठन हुने विद्यार्थीको वर्षभरिको मूल्याङ्कन लिखित परीक्षाबाट मात्रै हुने भएकाले तत्काल त्यसको अर्को विकल्पतर्फ सोचाइ नराखिएको उहाँको भनाइ छ ।

विश्वविद्यालयले सेमेस्टर प्रणालीका माध्यमबाट पठनपाठन हुने र हाल अनलाइन माध्यमबाट कक्षा सञ्चालन भएका विद्यार्थीको परीक्षा कुन आधारमा सञ्चालन गर्ने भनेर अध्ययन भइरहेको जनाइएको छ ।

Advertisement

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालको संयोजकत्वमा गठित अध्ययन कार्यदलले दिने प्रतिवेदनका आधारमा सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा र सेमेस्टरका विषयमा निर्णय गरिने भएको छ । सेमेस्टर प्रणालीको अनलाइन कक्षामा पनि सबै विद्यार्थीको सहभागिता हुन नसकेको अवस्थामा कसरी परीक्षा तथा मूल्याङ्कन गर्ने भन्ने असजिलोमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top