×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

करणीका मुद्दा बढे, बहुविवाहका मुद्दा घटे

१३ असार २०७७

१३ असार, भोजपुर ।
भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन् । यस आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणीसम्बन्धी रहेको कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

साङ्गठनिक अपराधका मुद्दा केही बढेको भए पनि सम्बन्धविच्छेदका मुद्दामा भने यस वर्ष कमी देखिएको निमित्त जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले जानकारी दिए । कार्यालयले स्थानीयस्तरसम्म पुगेर विद्यामान कानूनमा भएको व्यवस्थाको विषयमा जानकारी दिएसँगै उजुरी दिनेको सङ्ख्या वृद्धि भएको उनको भनाइ छ ।

भट्टराईले भने, “कार्यालयमा आएका मुद्दामध्ये ७० प्रतिशत मुद्दा जबर्जस्ती करणीका मुद्दा रहेका छन, गत वर्षको तुलनामा बहुविवाहका मुद्दामा भने कमी आएको छ, विशेष गरेर हामीले स्थानीयस्तरसम्मका पुगेर कानूनी प्रावधानको विषयमा जानकारी दिएको कारण न्याय खोज्दैको आउनेको सङ्ख्या वृद्धि भएको देखिन्छ ।”

विगत वर्षमा भूकम्पले जीर्ण भएको भवनमा बसेर काम गर्नुपर्ने अवस्था भए पनि अहिले कार्यालय भवन निर्माण भएपछि कार्यसम्पादनमा सहजता थपिएको कर्मचारीको भनाइ छ । कार्यालयमा स्तनपान कक्ष, थुनुवा कक्ष, बयान कक्ष र तयार गरिएको छ ।

पुरानो भवनमा छुट्टै कोठाको व्यवस्था नहुँदा कतिपय गोपनीयतालाई ध्यान राख्दै बयान लिने क्रममा समस्या हुने गरेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको कार्यालयले जनाएको छ ।

भट्टराईले भने, “पुरानो भवनका बसेर कार्यसम्पादन गर्न असाध्यै समस्या थियो, कतिपय खण्डमा पीडितको गोपनीयतालाई ध्यानमा राख्दै छुट्टै बयान लिनुपर्ने हुन्छ त्यो अवस्थामा गाह्रो थियो, अहिले वैशाखबाट नयाँ भवनमा सरेर काम गरिरहेको छौँ, यसले कार्यसम्पादनमा धेरै नै सजिलो छ ।”

Advertisement
Advertisement

भूकम्पका कारण जीर्ण बनेको भवनमा कार्यसम्पादन हुँदै आएकोमा अहिले रु तीन करोड ३४ लाख लागतमा भवन निर्माण गरिएको हो । वैशाखदेखि नयाँ भवनबाट कार्यसम्पादन शुरु भएको छ । आवश्यक मापदण्डअनुसारको भवनबाट सेवा लिन पाउँदा सहजता थपिएको सेवाग्राहीले बताउने गरेका छन् ।(रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top