NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

विसं २०७४ ः  निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल र  त्रिकेटमा महत्वपुर्ण उपलब्धि

शुक्रबार चैत्र ३० , २०७४
A A
विसं २०७४ ः  निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल र  त्रिकेटमा महत्वपुर्ण उपलब्धि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, ३० चैत ः विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ ।

विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको असोज २ गते सम्पन्न भएको थियो । जुन निर्वाचन नेपालको संविधानअनुसार संघीयता कार्यान्वयन गर्न र केन्द्रको अधिकार गाउँसम्म पु¥याउनका लागि कोशेढुंगा सावित भयो । यो निर्वाचनले ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितता गरेको थियो ।

LS Auto

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो सत्ता नेतृत्व गर्ने सहमतिअनुसार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिए । सोही सहमतिअनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जेठ २४ गते चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यसै वर्षको प्रारम्भमा वैशाख ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक भारतको भ्रमण गरेका थिए । जुन उनको राष्ट्रपतिका रुपमा पहिलो विदेश भ्रमण थियो ।

विसं २०७४ मा नेपालको इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध व्यवस्थापिका–संसद्मा महाभियोग दर्ता भयो । यद्यपि, काँग्रेस र माओवादी केन्द्र नेतृत्वको तत्कालीन सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाभियोगको प्रस्ताव टुंगोमा पुग्न भने सकेन ।

नेपाली जनताले दशैँ पर्व मनाइरहेका बेला मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रबीच अप्रत्यासित रुपमा चुनावी तालमेल गर्ने र पार्टी एकीकरण गर्नेसम्मको घोषणा पनि यही वर्ष भयो । जुन प्रक्रिया २०७५ वैशाख ९ गते टुंगोमा पुग्ने अनुमान गरिएको छ ।

नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन पनि यही वर्ष भयो । गत मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा एमाले र माओवादी केन्द्र गठबन्धनले अत्यधिक बहुमत प्राप्त ग¥यो भने काँग्रेसले अप्रत्यासित हार व्यहो¥यो ।

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले २७५ सदस्यीय प्रतिनिधिसभा र सातै प्रदेशका ५५० प्रदेशसभा सदस्यका लागि निर्वाचन गरेको थियो । यो निर्वाचनसँगै संघीयताको कार्यान्वयन शुरु भयो । तत्कालीन सरकारले माघ ३ गते संविधानअनुसार सातै प्रदेशमा प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्यो ।

प्रदेशसभाको निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभा र प्रदेश मन्त्रिपरिषद् गठन भइसकेका छन् । संविधानअनुसार माघ २४ गते राष्ट्रियसभाको निर्वाचन पनि यही वर्ष भयो । संविधानमा दुई सदनात्मक संघीय संसद्को व्यवस्था छ । जसअनुसार प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।

संविधान कार्यान्वयन गर्ने क्रममा यसवर्ष एकपछि अर्को निर्वाचनले निरन्तरता पाइनैरहे । प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त नयाँ जनमतअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन ३ गते वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा नियुक्त भए । उनको यो दोस्रो प्रधानमन्त्री कार्यकाल हो । सोही दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए ।

संघीय संसद्को निर्वाचनपछि दुवै सदनका सदस्यको फागुन २० गते शपथ र २१ गते पहिलो बैठक बसेको थियो । संविधान कार्यान्वयनकै सिलसिलामा यसैवर्ष राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पुनः निर्वाचित भए ।

संविधान कार्यान्वयनको चरणअन्तर्गत यसैवर्ष सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन पनि सम्पन्न भयो । यसैवर्ष जन्म मीति र शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिए ।

विसं २०७४ को अन्त्यमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गरे । भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दीपछि चिसिएको सम्बन्धमा उनको यो भ्रमणले न्यानोपन ल्याएको बताइएको छ ।

राजनीतिक घटनाबाहेक यसवर्ष मानवीय क्षतिका दुर्घटना पनि उल्लेखनीय भयो । वर्षायाममा मुलुकभर बाढी पहिरोले ठूलो जनधनको क्षति ग¥यो भने सवारी दुर्घटनाले पनि धेरैको ज्यान लियो । यसै वर्षको अन्त्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै युएस बंगला विमान दुर्घटना हुँदा ५१ जना (स्वदेशी र विदेशी)को ज्यान गयो ।

खेलकूदका दृष्टिमा यो वर्ष मुलुकका लागि उपलब्धिमूलक रह्यो । जिम्बाबेमा भएको आइसिसी एकदिवसीय लिगमा नेपाली क्रिकेट टोलीले एक दिवसीय विश्व मान्यता पायो । जुन नेपालको क्रिकेट खेलका लागि महत्वपूर्ण उपलब्धि हो ।

लोकप्रीय

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

विचार

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

थप समाचार

Casino

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२
Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.