×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

नीति विपरीत छुट दिइएकामा महालेखाको आपत्ति

३० चैत्र २०७४

काठमाडौँ, ३० चैत ः महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ ।

सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत प्राप्त विवरणका आधारमा विभिन्न संस्थालाई वस्तु तथा सेवा पैठारी प्रयोजनमा रु ५३ अर्ब सात करोड ६५ लाख राजश्व छुट दिएको देखिएको जनाएको छ ।

यस्तै अतिरिक्त घिउ, तेल, मोबाइल आदि निर्यात गर्दा राज्यकोषमा प्राप्त भएको मूल्य अभिवृद्धि कर रु ६ अर्ब १२ करोड ५५ लाख फिर्ता दिएको समेत कूल राजश्व छुट ५९ अर्ब २० करोड २० लाख रहेको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार बजेट वक्तव्यसँगै सरकारले व्यवस्थापिकामा राजश्व छुटको विवरण पेश गर्ने व्यवस्था भए पनि सरकारले सो छुटको कारण राजश्वमा हुन गएको कमीको अभिलेख नराखेको प्रतिवेदनमा उल्लेख छ ।

उच्चस्तरीय कर प्रणाली पुनरवलोकन आयोग, २०७१ ले मोबाइल फोन, कपडा, तोरीको तेल, चिनीमा कर फिर्ता कम गर्दै लैजान सुझाव दिएको थियो । सो सुझाव विपरीत कर छुट दिएर राजश्वमा हानि पु¥याएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपालसम्बन्धी सन् २०१५ को प्रतिवेदनमा समेत कर छुटलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसार सीमित गर्न सुझाव दिएको थियो । विगत वर्षमा दिएको प्रतिवेदनउपर छलफल हँुदा सार्वजनिक लेखा समितिले कर फिर्ता दिने प्रचलन घटाउँदै क्रमशः न्यून गराउन निर्देशन दिएकामा कार्यान्वयन हुन नसकेको समेत महालेखाको प्रतिवेदनमा समावेश छ ।

आर्थिक ऐन, २०७३ मा दाना उद्योगले पैठारी गर्ने मकै, भटमासको पिनालगायत मालवस्तुमा भन्सार तथा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था छ । यस वर्ष रु तीन अर्ब ५७ करोड ३० लाख राजश्व छुट दिइएको छ । राजश्व छुटमा आयात भएका ती मालवस्तु पशुपक्षीको दाना बनाउने प्रयोजनमा नै उपयोग भएको आश्वस्त हुने गरी अनुगमन गर्नुपर्ने सुझाव दिइएको छ ।

कूल गार्हस्थ्य उत्पादनको एक तिहाइ अंश कृषि क्षेत्रले ओगटेकाले कृषि उत्पादनलाई टेवा पु¥याउन कृषि विकास मन्त्रालयमार्फत कृषकलाई रु १० अर्ब ७८ करोड अनुदान उपलब्ध गराएको छ । कृषिमा आत्मनिर्भरता अभिवृद्धि गर्न यस प्रकारको अनुदान दिइरहेको अवस्थामा कृषि तथा पशुजन्य उत्पादनको आयातलगायतमा रु ११ अर्ब ३१ करोड मूल्य अभिवृद्घि करलगायत राजश्व छुट दिइएको छ ।

आन्तरिक उत्पादन वृद्धिमा प्रोत्साहन पु¥याउन अनुदान दिए पनि कृषि तथा पशुजन्य सामग्रीको आयातमा समेत राजश्व छुट दिएबाट स्वदेशी उत्पादनमा असर परेको भन्दै महालेखाले त्यस्तो कार्य तत्काल सुधार गर्न सुझाव दिएको छ ।

यस्तै निर्माण सामग्रीमा भन्सार महसुल र कर छुट दिने व्यवस्थाअनुसार यस वर्ष रु ९१ करोड ६९ लाख छुट दिएको छ । यस्ता सुविधामा आयात हुने सामग्रीमा लाग्ने राजश्व छुटको अभिलेख राख्ने, राजश्व छुट दिएको रकम आयोजनाको लगानीमा समावेश गरिएको छैन ।

छुटमा आयातित सामान सम्बन्धित आयोजनामा नै उपयोग भएको सुनिश्चिततासमेत नभएको, सबै मालवस्तुमा भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर छुट दिएको, कुनैमा भन्सार महसुल मात्र छुट दिने र कुनैमा आंशिक परिमाणमा मात्र छुट दिने गरेकाले छुटमा समेत एकरुपता नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै वैदेशिक सहायतामा सञ्चालित आयोजनाले सम्झौतामा भएको व्यवस्थाबमोजिम लागतमा सवारी साधन उपकरण पैठारी गर्ने व्यवस्था गरिएको छ । यसवर्ष लगतमा रु १५ करोड ५६ लाख राजश्व छुट दिई पैठारी गरिएको छ ।

त्यस्ता सवारी साधन तथा उपकरण प्रयोजन समाप्त भएपछि फिर्ता लैजानु पर्ने वा भन्सार महसुल तिर्नुपर्नेमा भन्सार विभाग, सम्बन्धित कार्यालय वा आयोजना कसैले पनि लगत नराखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय उद्योगलाई भन्सार महसुललगायतबाट संरक्षण एवं प्रोत्साहन गर्नुपर्नेमा सो नगरी स्वदेशमा उत्पादन हुने मालवस्तु पैठारी गर्दा भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर छुट दिएको छ ।

प्रतिवेदनअनुसार साल्ट ट्रेडिङ लिमिटेडलाई चिनी आयात गर्न भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर गरी रु ४२ करोड ९७ लाख छुट दिइएको छ । यस्तै वैदेशिक सहयोगका विभिन्न आयोजनाका लागि निर्माण व्यवसायीले सिमेन्ट, छड पैठारी गर्दा भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि करसमेत गरी रु १० करोड ८७ लाख राजश्व छुट दिएको छ । स्वदेशी उद्योगलाई असर पर्ने गरी राजश्व छुट दिने व्यवस्था सच्याउनुपर्ने र स्वदेशी उत्पादनमा नै प्रयोग गर्ने प्रणालीको विकास गर्न महालेखाले सुझाव दिएको छ ।
रासस

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top