अछामका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

१७ असार, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट बुधबार पोजेटिभ आएको हो ।

यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको हो । मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । प्रवक्ता गौतमले उनी मधुमेहको विरामी भएको बताए । मृतक पुरुषसँगै कुरुवा बसेका २ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमित मध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालबालिका हुन् ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख ३३ हजार २ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म ३ लाख ६ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् ।

यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ३ सय ६० जना उपचाररत रहेका छन् । बुधबारसम्म ४ हजार ६ सय ५६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । कुल संक्रमित मध्ये महिला १ हजार ७ सय ७४ र र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top