गंगालाल अस्पतालमा मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री ओली

गंगालाल अस्पतालमा मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री ओली

१७ असार,काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएका छन् ।

नियमित रूपमा मुटुको जाँच गराउँदै आएका प्रधानमन्त्रीले आज साँझ पनि सोही प्रक्रियाअनुसार गंगालाल अस्पताल गएर जाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले फागुन तेस्रो साता दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.