×

NEPAL TIMES UPDATES

Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026

नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम

१७ असार २०७७

१७ असार, काठमाडाैँ ।

अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा ९सलह० नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।

Advertisement
Advertisement

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताए । उनले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत राससलाई बताए । सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ ।

“कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ”, जोशीले भने । कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पु¥याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पु-याएको छ । हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु¥याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पु¥याएको तर क्षतिको विवरण सङ्कलनको क्रममा रहेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार यो कीरा अफ्रिकी मुलुकमा देखिएको थियो । कीट विज्ञ जोशीले यो कीरा त्यहाँको रैथाने हो भने । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

सलहको बारेमा कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ ।

त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावहरुपमा सलह नरहेको बताउनुभयो । उनले भने, “हावाको बेगका कारण केही झुण्ड उछिटिएर नेपाल आएको हो, अहिले नेपालमा धेरै विखण्डन भइसक्यो, सानासाना झुण्डमा छ, तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।”

कृषिविज्ञका अनुसार नेपाल छिरेको सबैभन्दा ठूलो झुण्ड सात देखि नौ लाखको रहेको अनुमान छ । सुवेदीले घुमिराखेको झुण्डको सङ्ख्या घट्दो क्रममा रहेकोसमेत जानकारी दिए । पहाडी क्षेत्रमा जाँदा झुण्ड टुक्रिएको र केही त्यतै बसेको केही घुमिरहेको छ । आजको दिन भने दाङ, अर्घाखाँची र प्यूठानमा धेरै छ । अन्य जिल्लामा समेत सलह पुगेको छ ।

केन्द्रका अनुसार आज सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मनसुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण÷पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण÷पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ ।

यो क्रम तीन दिन नै कायम हुने जनाइएको छ । त्यसकारण भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुण्ड हावाको बेगसँगै पूर्वबाट पश्चिमतर्फ आउनसक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लोपहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरुले आग्रह गरे ।

मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह कीरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो ।

यो कीराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ । प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ ।

काठमाडौँको सलह नुवाकोट पुग्यो

शनिबार नेपाल छिरेको सलह सोही दिन बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो । आइतबार धेरै जिल्लामा फैलिएको सलह मङ्गलबार काठमाडौँमा समेत देखियो । केन्द्रका सूचना अधिकारी सुवेदीले काठमाडौँ उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने आज नुवाकोट पुगेको बताए ।

“नुवाकोटको विदुर आसपास जङ्गलमा रहेको छ, प्राविधिकहरु त्यसको निगरानी मै हुनुहुन्छ”, उनले भने । सलहको काठमाडौँ आएको हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको अनुमान छ । हावाको गतिसँगै जाने भएकाले जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराकोे सम्बन्धमा कृषि मन्त्रालय र मातहतका निकायले अनुगमन गरिरहेको छ ।

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी लिएर सावधानीका उपायसमेत अवलम्बन गरिएको छ ।

सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित गरिएको छ । प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

सलह देखिएमा के गर्ने ?

सलह देखिएमा तत्कालै स्थानीय पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न सरकारले नागरिकलाई अनुरोध गरेको छ । कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकारलगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।

कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउनसमेत कृषि मन्त्रालयले आग्रह गरेको छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँठा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यामबाट बाधा पु¥याई झुण्डलाई अन्यत्रै मोड्न सकिने जनाइएको छ ।

Advertisement
Advertisement

नर्सरी तथा करेसाबारीजस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिने जनाइएको छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेल भित्रको बालीलाई कीरा छेक्नसक्ने गरी बेरेर राख्नसमेत विज्ञहरुले आग्रह गरेका छन् ।रासस

भर्खरको समाचार

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

सम्बन्धित खबरहरु

Scroll to Top