कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

१८ असार, काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक रोहित पोखरेलका अनुसार बुधबार साँझ शिशुको श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । अहिलेसम्म ज्यान गुमाएकाहरू मध्ये उनी सबैभन्दा कम उमेरका संक्रमित हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top