रौतहट नरसंहारः आरोपित पूर्वसांसद आलमका एक सहयोगी पक्राउ

१८ असार, रौतहट । रौतहटको राजपुर इट्टाभट्टा हत्याकाण्डमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

उक्त घटनामा संलग्न आरोपित पूर्व सांसद मोहम्मद अफताब आलमका सहयोगी राजपुर नगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय शेष सरोज भनिने शेषसेराजलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर दुईका डिआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन्।

प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपित शेषसेराजलाई आज बारा जिल्लाको सिमावर्ती क्षेत्र सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ बाट पक्राउ गरिएको डिआइजी सिंहले बताए।

नेपाली कांग्रेसका तत्कालीन सांसद आलमका सहयोगीहरुले उनकै निर्देशनमा २०६४ सालमा संविधानसभाको निर्वाचनका बेला धाँधली गर्न रौतहटको राजपुरमा बम बनाउने क्रममा विस्फोट भएको थियो। विस्फोटपछि त्यहाँ कार्यरत व्यक्तिहरु हताहत भएका थिए।

उक्त घटनामा मृत्यु भएका र घाइते भएकालाई बोरामा राखी इँटाभट्टामा लगेर जलाइएको थियो।

प्रहरीले २०६४ सालको संविधान सभा निर्वाचनको एकदिन पहिले भएको घटनाबारे अनुसन्धान गर्दै जाँदा पूर्व सांसद आलम दोषी पाइएपछि उनलाई गत वर्ष पक्राउ गरेको थियो।

उक्त हत्याकाण्डमा संलग्न भएको आरोपमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। जसमध्ये ८ जना आरोपित अझै फरार छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top