पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

१८ असार ७७, शुक्रबार

१९ असार, विराटनगर । मोरङको जहदा गाउँपालिका-३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्न गएका दुबै जना मध्ये रिक्कीको पोखरीमा नै मृत्यु भएको तथा दिनेशलाई स्थानीयले उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगेकोमा उपचारमा संग्लग्न डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top