२० असार, बझाङ ।
बझाङस्थित केदारस्युँ गाउँपालिका–८ मेल्लेसीमा गएको पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ ।
यो सँगै पहिरोमा पुरिएर मृत फेला पर्नेको संख्या तीन पुगेको छ । केदारस्यूँ गाउँपालिका–८ का वडा अध्यक्ष गणेश बोहराले दिएको जनकारी अनुसार शव भेटिएका तेश्रो व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।
यस अघि स्थानीय ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीया अस्मिता जेठाराको शव भेटिएको थियो । पहिरोमा पुरिएर चार परिवारका सात जना बेपत्ता रहेको वडाअध्यक्ष बोहराले बताए ।