मन्त्रीहरुलाई ७ बजे बालुवाटार बोलाएर प्रधानमन्त्री पुगे शितल निवास

२० असार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि राष्ट्रपति निवास पुगेका छन् । दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

Advertisement

त्यस्तै प्रधानमन्त्रीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । मन्त्रिपरिषद् बैठकका लागि भने नबोलाइएको र कुनै विषयमा छलफल गर्न खोजिएको हुनसक्ने एक मन्त्रीले बताए । छलफलमा राज्यमन्त्रीहरुलाई समेत बोलाइएको छ । मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्रीहरु उपस्थित हुँदैनन् ।

आफ्नै पार्टी नेकपाका नेताहरुले राजीनामा मागिरहेको र पार्टी बैठकसमेत स्थगित भइरहेको बेला मन्त्रीहरुलाई बोलाइएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top