×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छैन : व्यवसायी महासङ्घ

२० असार २०७७

२० असार, काठमाडाैँ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement
Advertisement

नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । महासङ्घले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ ।

Advertisement
Advertisement

महासङ्घ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top