सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न मन्त्री अर्यालको आग्रह

२० असार ७७, शनिबार

२० असार, काठमाडौँ ।
देशको अर्थतन्त्र मजबुद बनाउन सहकारीको पैसा चलायमान क्षेत्रमा खर्च गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी संस्थाहरुलाई आग्रह गरेकी छन् । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले संकटको समयमा सहकारीको पैसा चलायमान क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् ।’

Advertisement

अहिले देश आर्थिक संकटमा रहेको अवस्थामा सहकारीहरुसँग रहेको ७ खर्ब रुपैयाँ परिचालन गर्नुपर्ने बताइन् । चलायमन क्षेत्रमा रकम लगानी गर्न सके सोचेअनुसारको नाफा आर्जन गर्न सकिने उल्लेख गर्दै उनले संकटको विषयम परिस्थितिमा रकम परिचालन गरी देशको अर्थतन्त्रलाई मजबुद् बनाउन आग्रह गरिन् ।

विदेशबाट फर्किएका लाखाँै नागरिक मध्ये धेरै फर्किने अवस्थामा नहरेकाले रोजगारीका क्षेत्रमा ध्यान दिनपनि उनले आग्रह गरिन् । देशको अर्थतन्त्र मजबुद नबन्दासम्म समृद्धि र विकासको चाहाना पुरा नहुने उनको भनाई छ । अर्थतन्त्रलाई मजबुद् बनाउने माध्यम सहकारी नै भएको उनले बताइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top