उत्तर कोरियाले भन्याे – अमेरिकासँग वार्ता असान्दर्भिक

२० असार ७७, शनिबार

२० असार, सोल ।
उत्तर कोरियालाई वासिङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महसुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन् । दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो ।

Advertisement

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको समय उत्तर कोरियाका उपविदेशमन्त्री चोए सोन हुईले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताएकी हुन् ।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताका लागि लामो समयदेखि मध्यस्थताको भूमिका खेल्दै आएका दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मङ्गलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गरेका थिए। उनले दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताएका थिए ।

Advertisement

“प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महसुस गरेको छैन,” चोएको विज्ञप्तिलाई उद्धृत गर्दै कोरियाली समाचार संस्था केसीएनएले समाचार लेखेको छ । “‘सपना देख्ने’ले ‘अक्टोबरको आश्चर्य’ का लागि आशावादी बनेका छन्,” उनले भनिन् । यदि चोएले भनिन्, “अमेरिकाले हामीसँग अझै वार्ताजस्ता विषयबाट सहजै आफ्नो पक्षका लागि उपलब्धीमूलक हुन्छ भन्ने कुराको आशा गर्छ भने यो उसको भूल हुनेछ ।” अमेरिकाले उत्तर कोरियासँगको वार्ता आफ्नो राजनीतिक सङ्कट सम्हाल्नका लागि एक औजारकारूपमा प्रयोग गर्नेबाहेक अन्य केही नचाहेको बुझाइ उत्तर कोरियाको रहेको उनले बताइन्।

यदि अमेरिकी राष्ट्रपतिले किमलाई भेटेका कारण आफू पुनः निर्वाचित हुने सम्भावना रहन्छ भने ट्रम्पले यसलाई स्वीकार्ने बोल्टनको भनाइसम्बन्धी समाचारहरू विभिन्न सञ्चारमाध्यममा आएका थिए ।

Advertisement

उत्तर कोरियाले विस्तृत रणनीतिक समयतालीका तयार गरी वासिङटनसँगको दीर्घकालीन खतराको सामना गर्न तयार भइसकेको चोएले बताइन् । ट्रम्प र किमबीच भियतनामको हनोईमा सन् २०१९ मा सम्पन्न हनोई सम्मेलनमा उत्तर कोरियामाथिका प्रतिबन्धलाई कम गर्ने कुरामा ट्रम्प सकारात्मक नदेखिएपछि प्योङयाङसँगको आणविक वार्ता अवरूद्ध बनेको उत्तरकोरियाली अधिकारीको बुझाइ रहेको छ ।

पछिल्ला केही समाचारहरूमा अमेरिकी उप विदेशमन्त्री स्टेफेन वेइगनले आगामी हप्ता उत्तर कोरियाली अधिकारीसँग कुराकानी गर्न सोल आउने उल्लेख भएको थियो । यद्यपि यसको पुष्टि दक्षिण कोरियाली विदेश मन्त्रालयले गरेको छैन । रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top