×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

बायर्न म्युनिखले उचाल्यो जर्मन कपको उपाधि

२१ असार २०७७

२१ असार, एजेन्सी । बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि उचालेको छ ।

गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४(२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

Advertisement
Advertisement

खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा सर्जी जीनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफमा बायर्नलाई सोही अग्रतालाई कायम राख्यो ।

५९औं मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा लेभरकुजनका स्भेन बेन्डरले गोल गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरे । तर ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नले ४(१ को अग्रता बनायो । ९०औं मिनेटमा लेभरकुजनका काई हाभार्टले पेनाल्टीमा गोल फर्काए ।

यस जितपछि बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म पु¥याएको छ । यस्तै सबैखाले प्रतियोगितामा गरी बायर्नको यो लगातार १७औं जित हो । बायर्नले २०औं पटक जर्मन कप जितेको हो ।

Advertisement
Advertisement

दुई गोल गरेका लेवान्डोस्कीले यस सिजन ४४ खेलमा ५१ गोल गरिसकेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top