×

NEPAL TIMES UPDATES

Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026

युभेन्टसको जितमा रोनाल्डोको फ्रिकिक गोल

२१ असार २०७७

२१ असार, एजेन्सी । इटालियन सिरी ‘ए’को साविक विजेता युभेन्टसले लिगअन्तर्गत शनिबार भएको खेलमा टोरिनोमाथि ४(१ को सहज जित दर्ता गरेको छ । युभेन्टसको जितमा पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले १/१ गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै डिबालाले बक्सभित्र २ डिफेन्डरलाई छलाउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो । डिबालाको यो पछिल्लो ५ खेलमा पाँचौ गोल हो ।

Advertisement
Advertisement

१८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहारलाई टोरिनोका गोलरक्षक साल्भाटोरे सिरिगुले उत्कृष्ट बचाउ गरे । उक्त रिबाउन्डमै रोनाल्डो दिएको पासमा बर्नार्डेस्कीको बाइसाइकल किकको प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।

२९ औं मिनेटमा क्वाडराडोले युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई क्वाडराडोले अगाडी बढाउँदै दोस्रो पोस्टमा गरेको प्रहारलाई सिरिगुले बचाउन सकेनन् ।

इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि टोरिनोले खेलमा फर्कने अवसर पाएको थियो । टोरिनोका कप्तान आन्द्रीए बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५१ औं मिनेटमा टोरिनोले खेल बराबरी गर्ने सुवर्ण अवसर प्राप्त गर्यो । एलेक्स बेरेन्गेरको प्रहारलाई गोलरक्षक जियानलुइजी बुफोनले विफल पारेपनि रिबाउन्डमा बेलोट्टीको प्रहार गोल भएको थियो । तर रेफ्रीले प्रहार आउनुअघि नै बेलोट्टी अफसाइड रहेको निर्णय दिए ।

खेलको ६१ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै युभेन्टसलाई पुनस् २ गोलको अग्रता दिलाए । झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले फ्रिकिकलाई वालको माथिबाट टप कर्नरमा छिराउँदा गोलरक्षक सिरिगुले बचाउने कुनै अवसर पाएनन् । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा अनुबन्ध भएयता क्लबका लागि पहिलो पटक फ्रिकिकमा सिधै गोल गरेका हुन्।

८७ औं मिनेटमा डग्लस कोस्टाको क्रसमा कोफी जिजीले आत्मघाती गोल गरे । कोस्टाले दिएको लो क्रसलाई क्लियर गर्ने जिजिको प्रयास गोलमा परिणत भएको थियो । त्यसको एक मिनेट नबित्दै कोस्टाको प्रहारलाई गोलरक्षक सिरिगुले विफल पारे ।

Advertisement
Advertisement

यस जितसँगै युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । युभेन्टसले ३० खेलमा ७५ अंक जोडेको छ । दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ । आज रातिको खेलमा लाजियोले मिलानको सामना गर्दैछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top