×

NEPAL TIMES UPDATES

Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026
Playing
इन्धन खपत ३०% घट्यो तर आर्थिक गतिविधि “स्लो–डाउन“|| Nepal Times
May 15, 2026

कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिररिटोनाभिर औषधिको प्रयोगमा डब्लुएचओको रोक

२१ असार २०७७

२१ असार, काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना सङ्क्रमित व्यक्तिमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिर रिटोनाभिर औषधिको प्रयोग बन्द गर्न लागिएको जनाएको छ ।

मलेरियाको उपचारमा प्रयोग आउने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभी सङ्क्रमितलाई दिइने लोपिनएभिर–रिटोनाभिर औषधिबाट कोरोना सङ्क्रमितको मृत्युदर नरोकिएको कारण यस्तो निर्णय लिएको विश्व स्वास्थ्य सङ्गठनले बताएको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

कोरोना सङ्क्रमितको उपचारको लागि विभिन्न खोप र औषधि परीक्षणमा यो औषधिलाई एक आशाको रुपमा हेरिएको थियो तर त्यो सफल हुन सकेन ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले विश्वभरमा पहिलो पटक एकैदिनमा दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

शुक्रबार विश्वभर दुई लाख १२ हजार तीन सय २६ जनामा सङ्क्रमण पुष्टि भएकोमा अमेरिकामा मात्रै ५३ हजार दुई सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

विश्वका विभिन्न देशमा विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा यी औषधिले कोरोना सङ्क्रमितमा परेको असरबारे जाँच भइरहेको थियो ।

एक अन्तर्राष्ट्रिय कमिटीको सिफारिसमा विश्व स्वास्थ्य सङ्गठनले यस्तो निर्णय लिएको सङ्गठनको स्वास्थ्य एजेन्सीले बताएको छ ।

Advertisement
Advertisement

यद्यपि डब्ल्यूएचओले अस्पतालमा भर्ना नभएका बिरामी र रोगनिरोधकको रुपमा उनीहरुमाथि यसको प्रयोगसँग जोडिएको अध्ययनमा यो निर्णयको असर नपर्ने जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top