बन्चरो प्रहार गरी छिमेकीको हत्या

२० असार ७७, आइतबार

२१ असार, कञ्चनपुर ।
कञ्चनपुरमा एक व्यक्तिले बन्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।

पुनर्वास नगरपालिका–५ का ४७ वर्षीय गोरे भनिने गोरखबहादुर खड्काले छिमेकी ४८ वर्षीय गोपाल कुँवरको हत्या गरेका हुन् । गएराति खड्काले कुँवरकै घरमा गएर बन्चरो प्रहार गरी हत्या गरेका छन् । दुई छिमेकीबीच सामान्य विवाद हुँदा खड्काले कुँवरको घाँटीमै बन्चरो प्रहार गरेको स्थानीयले बताएका छन् ।

स्थानीय एवं वडाध्यक्ष वीरबहादुर बोगटीले दुई छिमेकीबीच आपसी विवाद हुँदा खड्काले कुँवरमाथि बन्चरो प्रहार गरी हत्या गरेर फरार भएको बताए । वडाध्यक्ष बोगटीले भने, ‘साँझको खाना खाएर कुँवरदम्पती सँगै बसेका थिए ।

त्यही समयमा घरबाटै बन्चरो बोकेर गएका खड्काले कुँवरको घरभित्रै गएर विवाद मात्रै गरेनन् बीभत्स हत्या गरेर फरार भएका छन् ।’ खड्काको बन्चरो प्रहारबाट कुँवरको घटनास्थलमै मृत्यु भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएन ।

कुँवरको हत्या गरी फरार भएका खड्काको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज वकिलबहादुर सिंहले जानकारी दिए । फरार अभियुक्तको खोजीका लागि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

खाना खाएर बसिरहेको समयमा आफ्नै आँखाअगाडि श्रीमानको हत्या भएपछि मृतककी श्रीमती अचेत छिन् । घरपरिवार शोकमा डुबेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top