कतारमा घाममा काम लगाउने १४० कम्पनीलाई कारबाही

योगेन्द्र योगी
२२ असार, दोहा ।

Advertisement

कतारका दिउँसोकाे घाममा काम लगाउने १ सय ४० वटा कम्पनी कारबाहीमा परेका छन् । यहाँको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारबाहीमा परेका हुन् ।

मन्त्रालयले पहिलो चरणमा गरेकाे जुन १५ देखि १८ सम्मकाे निरीक्षणमा ५६ वटा कम्पनी कारबाहीमा परेका थिए । त्यसैगरि जुन १८ देखि जुलाई २ तारिखसम्म निरीक्षण थप ८४ वटा कम्पनीलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

कतारको २००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकोले बाहिर काममा लगाउन पाइँदैन ।

कारबाहीमा परेका कम्पनीहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ ।

Advertisement

कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top