×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा

२२ असार २०७७

२२ असार, बाँके ।
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् ।

आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित भएको छ । नहरको पानी खेतबारीमा पुगेपछि यस वर्ष समयमै धान रोपाइँ गर्न पाइएको डुडुवा गाउँपालिका ५, कम्दीका किसान मानबहादुर मगरले बताए ।

Advertisement
Advertisement

“सधैं रोपाइँ गर्ने बेला आकाशेपानीको भर पर्नुपर्‍थ्यो, अहिले सिक्टाको पानी आएपछि खेती किसानीमा धेरै सजिलो भएको छ,” उनले भने । सिक्टाको पानी खेतबारीमा पुगेपछि कम्दी गाउँका किसानले तरकारी खेती गरेर नगद आर्जन गर्न थालेको डुडुवा ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले जानकारी दिए ।

“सिक्टाको पानी आएपछि अहिले किसानले आलु, गोभी र सागलगायत तरकारी खेतीबाट पनि आम्दानी गर्न सफल भएका छन्,” उनले भने, “सिक्टाको पानी खेतमा पुगेपछि समयमै खेती किसानी गर्न पाउँदा किसान खुसी भएका छन् ।”

आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साबिक राजकुलोबाट विभिन्‍न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताए । उनका अनुसार पश्चिमीमूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साबिक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो ।

“हामीले वैशाख पहिलो सातादेखि नहरमा नियमित पानी छाडेका छौं, जेठ १५ पछि क्रमशः विभिन्‍न शाखा र प्रशाखाबाट किसानको खेतबारीसम्म पानी पुर्‍याउने काम भइरहेको छ,” आयोजना निर्देशक थापाले भने, “आयोजनाको सिँचाइ लक्ष्यको करिब आधाजसो क्षेत्रफलमा सिक्टाको पानी पुगेको छ ।”

अहिलेको अवस्थामा पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना धानखेतीलाई सहजै सिँचाइ दिन सकिने आयोजना निर्देशक थापाले जानकारी दिए ।

यसअघि परीक्षण गर्ने क्रममा दुईपटक आयोजनाको पश्चिम मूल नहर पहिलोपटक ढकेरीस्थित झिझरी खोला र दोस्रोपटक चङ्‍गाई नालानजिक भत्किएको थियो । अहिले दुई महिनाभन्दा बढी समय सञ्चालन हुँदा पनि नहरमा कुनै समस्या देखिएको छैन ।

सिक्टा सिँचाइ आयोजनाको कुल बजेट २५ अर्ब रहेकामा १४ अर्ब रुपैयाँ थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी ३९ अर्ब रुपैयाँको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिँचाइको मुख्यमुख्य सञ्‍जाल बनिसक्ने आयोजना निर्देशक थापाको भनाइ छ ।

Advertisement

नेकपा बाँके क्षेत्र १ का अध्यक्ष सूर्य ढकालले पर्याप्त मात्रामा वर्षा नभए पनि यस वर्ष सिक्टाको नहर पुगेका ठाउँमा किसानले समयमै धानको ब्याड राख्‍न र रोपाइँ गर्न पाएको जानकारी दिँदै अब बेमौसमी तथा व्यावसायिक तरकारी खेती गरेर सिँचाइको उपयोग गर्नुपर्ने बताए । (रासस)

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top