चिडियाघरमा सबैको अगाडि बाघले मान्छे मार्यो

२१ असार ७७, सोमबार

२२ असार, एजेन्सी ।
स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको छ।

ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए। तिनले बाघलाई खोरबाट बाहिर निकाल्न त सके तर ती ५५ वर्षीया महिलाको त्यहीँ निधन भयो। ज्यूरिकको चिडियाघरका अनुसार सो हमलाबारे आगन्तुकहरूले पहिलो जानकारी दिएका थिए।

अनुसन्धान हुने

Advertisement

ज्यूरिक चिडियाघरले बाघ खोरमा नै रहेको बेला ती कर्मचारी कसरी त्यहाँ पुगिन् भन्नेबारे अनुसन्धान थालिएको बताएको छ। तत्काल पुगेका उद्धारकर्मीहरूले बाघलाई खोरबाट बाहिर निक्लन बाध्य त पारे तर घाइते कर्मचारीको ज्यान भने जोगाउन सकेनन्।

मद्दत ढिलो पुग्यो र दुःखद निधन भयो, ज्यूरिक प्रहरीकी प्रवक्ताले बताइन्। इरीना नामक उक्त बघिनीको जन्म डेनमार्कको चिडियाघरमा सन् २०१५ मा भएको थियो। गत साल इरीनालाई जुरिच चिडियाघरमा सारिएको थियो।

Advertisement

घटनाका साक्षीलाई मनोपरामर्श

ज्यूरिक चिडियाघरका निर्देशकले ती कर्मचारी केही समयदेखि कार्यरत रहेको बताएका छन्। उनले ती कर्मचारीको परिवारप्रति समवेदना प्रकट गरे।

उक्त घटनाका साक्षीहरूलाई मनोपरामर्शको सेवा उपलब्ध गराइने बताइएको छ। चिडियाघर तथा संरक्षण केन्द्रहरूमा जनावरले आक्रमण गर्नु दुर्लभ मानिन्छ। तर ज्यूरिक चिडियाघरमा भएको यो पहिलो आक्रमण भने होइन। सन् २०१९ को डिसेम्बरमा चिडियाघरस्थित एक गोहीले सफाइ गरिरहेका कर्मचारीको हात टोकिदिएको थियो।

गोहीले हात नछाडेपछि त्यसलाई गोली हानिएको थियो।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top