ओलीको समर्थनमा नेपालगञ्‍जमा नेता तथा कार्यकर्ताको धर्ना

ओलीको समर्थनमा नेपालगञ्‍जमा नेता तथा कार्यकर्ताको धर्ना

२२ असार, नेपालगञ्‍ज ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरन्तरताको पक्षमा नेपालगञ्जस्थित नेकपाको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले धर्ना दिएका छन्।

जिल्ला अध्यक्ष, सचिव र संगठन विभागका प्रमुखको असहमतिका बाबजुद नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा पुगेर सरकारको पक्षमा धर्ना दिएका हुन् । उनीहरुले ‘वर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं’भन्‍ने ब्यानरमुनी बसेर सरकार पक्षीय पोष्टरहरु प्रदर्शन गरेका थिए ।

जिल्लाका विभिन्न ठाउँबाट आएका नेता तथा कार्यकर्ताले ‘नेकपा जिन्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, एकता भाँड्न पाइदैन, पार्टी फुटाउने नेता चाहिदैन, लिम्पियाधुरा छोडिन्न, पार्टी एकता तोडिन्‍न, दीगो शान्ति कायम गर, दलालहरुलाई कारबाही गर’लेखेका प्लेकार्ड भिरेका थिए ।

जिल्ला कमिटिका सचिवालय सदस्य निरक गुरुङले धर्नालाई सम्बोधन गर्दै पार्टी एकतामा जोड दिए । धर्नामा प्रदेश कमिटि बेदनिधि प्याकुरेल, पुजन विश्वकर्मा, रामदास थारु, डम्बर सुवेदी, जिल्ला कमिटि सचिवालय सदस्य प्रमोद धिताल, सूर्य ढकाल, हलिल शाह, तेजकुमार धिताल, अशोक कर्माचार्य, किस्मत कक्षपति, चन्द्र चौधरी, घननाथ खनाललगायतको उपस्थिति थियो ।

पार्टीका जिल्ला अध्यक्ष आइपी खरेल, सचिव अशोक कोइराला र संगठन विभागका प्रमुख रत्न खत्रीले पार्टीको ब्यानरमा यसप्रकारको कार्यक्रम नगर्न आग्रह गरेका थिए । त्यो आग्रहका बाबजुद केपी शर्मा ओलीको खेमाका नेता तथा कार्यकर्ताहरु धर्नामा सहभागी भएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.