राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ, २ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज बिदाइ भेट गरे ।

राष्ट्रपति कार्यालयमा भएको उक्त भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

त्यस अवसरमा राष्ट्रपति कार्यालय र यहाँस्थित साउदी अरेबियाली राजदूतावासका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.