२३ असार, विराटनगर ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–९ बाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् ।
पथरी शनिश्चरे नगरपालिका–२ काआतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको मोटरसाइकल सोमवार राती करिव २ बजेको समयमा घरबाट नै हराएको भनी जानकारी गराएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–१० का २० बर्षीय निमा तामाङ , बेलबारी नगरपालिका–२ का २० बर्षीय पृतिमान भण्डारी र २२ बर्षीय अभिषेक कट्टेललाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये निमातामाङले केही समय अगाडी पथरी बजारका केही पसलहरुबाट जिन्सी समानहरु समेत चोरी गरेको खुल्न आएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्लाप्रहरी कार्यालय मोरङले जनाएको छ ।