दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(शून्यता बढाऔं)
मंगलबार देशभर २ सय ४ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्यो /७ हजार ४ सय ९९ जना निको भए /तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य ।

२.(परीक्षणको प्राथमिकता)
पीपीआर विधिबाट मंगलबारसम्म २ लाख ६१ हजार ८ सय ६१ वटा परीक्षण /२५ हजार ७ सय २७ जना क्वारेन्टिनमा /८ हजार ६ सय ३४ जना आइसोलेसनमा /गर्भवती र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन सरकारको आग्रह ।

३.(गईन गिरी)
सांसद सरिता गिरीलाई पार्टी र सासंद पदबाट हटाउने संघीय समाजवादी पार्टीको निर्णय/ संविधान संशोधनमा पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरी पार्टीबाट निष्काशित / लिला सिटौला सांसद बन्ने/ सरिता अदालत जाने ।

४.(कहिले जुट्छ सहमति ?)
पार्टीभित्रको विवाद मिलाउन लगातार छलफलमा जुटेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबारको वान टु वान वार्ता पनि निष्कर्षविहीन / बुधबारपनि दुई अध्यक्षबीच छलफल हुने ।

५.(आइजिपीमा थापा)
नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय/ एआईजी हरिबहादुर पाललाई पछि पार्दे महानिरीक्षक बनेका थापाले बिहिबारदेखि कार्यभार सम्हाल्ने ।

६.(पाक्दैछ खिचडी)
सत्तारूढ नेकपाभित्र विवाद चुलिएका बेला छिमेकी चीनकी नेपालस्थित राजदूतको सक्रियता बढ्दो /दुई दिनअघि नेकपा नेता माधवकुमार नेपालसँग भेटेकी राजदूत होऊ यान्छीद्वारा झलनाथ खनालसंग पनि भेटवार्ता /कूटनीतिक मर्यादाविपरीत नेताहरुसँग राजदुतको भेटवार्ताविरुद्ध नेविसंघको प्रदर्शन ।

७.(इनफको सफलता)
केही सातादेखि कोरोनाविरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा उत्रिएको युवाहरुको अभियान ‘इनफ इज इनफ’ र सरकारबीच १२ बुँदे सहमति/सत्याग्रही अनशन तोडे/ अब आरडीटी परीक्षण नहुने ।

८.(लागू औषधको लर्काे)
युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको गृहमन्त्री रामबहादुर थापाको भनाई / लागू औषध कोरोना जस्तै संक्रामक रोगको रुपमा फैलिदै गएकाले नियन्त्रणका लागि एकतावद्ध हुनुपर्नेमा जोड

९.(कसरी घटाउने दुब्र्यसन ?)
सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने अध्ययन प्रतिवेदन सार्वजनिक /सीमानाकामा चेकजाँच बढाउने, सचेतना कार्यक्रम गर्ने, निःशूल्क उपचारको व्यवस्था गर्न सिफारिस ।

१०.(आराध्यदेवको सौन्दर्यकरण)
धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने सरकारको योजना /एसबीआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिमा निमार्ण गर्याे दक्षिणी प्रवेश द्धार ।

११.(ब्रोकर लाइसेन्स कसलाई ?)
बैंकका सहायक कम्पनीलाई शेयर कारोबार गर्न ब्रोकर लाइसेन्स दिन अर्थ समितिको उपसमितिको सुझाव /ब्रोकरको न्यूनतम चुक्ता पूँजी २०७९ असार मसान्त सम्म १० करोड रुपैयाँ पु¥याउनुपर्ने ।

१२.(टिकेन चतुरार्र्र्इं)
काठमाडौं उपत्यकामा सुनचाँदी पसलका सटर फोरेर चोरी गर्ने तीन जनाको गिरोह पक्राउ /बोतल उठाउने व्यक्तिको हुलिया बनाई सुनचाँदी चोर्ने गरोहलाई पक्राउ गरिएको प्रहरीको भनाई ।

१३.(विस्तारवादी भारत ?)
कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा सीमा विवाद रहेको भन्दै भारतीय सुरक्षा निकायद्वारा अवरोध /सडक निर्माणमा भारतको जग्गा भन्दै नेपाली भूभागमै भारतीय पक्षले अवरोध गर्ने गरेको हुलाकी सडक योजनाको भनाई ।

१४.(गुरुङको बहाना)
कोरोनाको कारण देखाउँदै वैदेशिक रोजगार बोर्डको सदस्य बन्न म्यानपावर व्यवसायी हेमबहादुर गुरुङद्वारा अस्वीकार /गुरुङ सञ्चालक रहेको एसओएस म्यानपावरमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागको अनुसन्धान जारी ।

र,

१५.(थपिदै संक्रमित)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर ५ लाख ४१ हजार बढीको मृत्यु /१ करोड १७ लाख बढी संक्रमित /६७ लाख ६३ हजार बढी निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top