विनाशकारी पहिरोः अझै ओभाएका छैनन् विकासका आँखा

२३ असार ७७, बुधबार

२४ असार, पर्वत ।
घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो ।

धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहेका थिए । साँझ निवास फर्केर घरपरिवारसँग बोल्नका लागि १४ वर्षीय छोरा जेनिशलाई फोन गरेर भिडियोकलमा आउन आग्रह गरे ।

साँझ ७ बजेको थियो, श्रीमती कमला खेत रोपेर घर आइसकेकी थिइनन् । छोरा जेनिशले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएकाले ममी आएपछि भिडियोकल गर्छु भनेका थिए । छोराले भिडियोकल गरेपछि परिवारसँग दुःखसुखका कुरा गर्ने पर्खाइमा रहेका विकासको पर्खाइ जीवनभर नफर्किने गरी अस्ताएको छ ।

Advertisement

जीवनमा एकाएक बज्रपात शुरु भएको छ । लामो समय छोराको फोन नआएपछि राति ८ बजेतिर पुनः उनले फोन गरे तर फोन लागेन । सोचे, ठूलो पानी परेर होला, स्वीचअफ गरेर सुते होलान् । घरमा छोराछोरी र श्रीमती, आफू खाडीमा । थिए थुप्रै रहर, सपना अनि गरिएका कल्पनाहरु ।

जब रातको ११ बज्यो सामाजिक सञ्जालमा देखे पर्वतको दुर्लुङमा दुई घर पुरिए, नौ जना बेपत्ता भन्ने । तुलबहादुर र कमलाको घर पुरिएको भन्ने समाचार पढ्दा पनि उनलाई विश्वास लागेन आफ्नी श्रीमती होलिन् भन्ने । किनकि गाउँमा अन्य कमला नाम गरेका महिला अरु पनि थिए । यतिञ्जेल उनले खाना खाइवरी सुत्ने तयारी गर्दै थिए ।

Advertisement

त्यत्तिकैमा उहाँका साथीहरु कोठामा आइपुगे र गाउँमा खासै केही नभएको, अन्य ठाउँमा पहिरो गएको भन्दै उनलाई तनावमुक्त बनाउने प्रयास गरे ।
विकासलाई कल्पना नै थिएन पहिरो जान्छ भन्ने किनकी उक्त ठाउँ दुर्लुङकै फराकिलो र बलियो ठाउँमध्येको हो ।

त्यहाँ कहिल्यै पहिरो जाँदैन भनेर आठ वर्षअघि जग्गा किनेर घर बनाएका थिए विकासले । मनमा धेरै डर, थोरै आशङ्का पैदा हुँदाहुँदै उनको मनले मानिरहेको थिएन किनकि उनका साथीहरुले उनलाई मोबाइल हेर्न रोकेका थिए । सत्य घटना कतिबेर लुक्थ्यो र ? विस्तारै आफ्ना साथीहरुको फोन वार्तालापमा उनले थाहा पाए कि श्रीमती, छोरा, छोरी पुरिइसकेको ।

उनी एकाएक बेहोस भए । त्यसपछि उनका साथीभाइ र कार्यरत कम्पनीको पहलमा सात दिनमा घर आइपुगे र क्वारेन्टिनमा बसे । क्वारेन्टिनको बसाइ पूरा गरेपछि गएको शनिबार कोरोना परीक्षणको रिपोर्टसमेत आयो अनि बाहिर निस्किन थाले । क्वारेन्टिनबाट निस्कनेबित्तिकै उनी आफ्नो पुरिएको घर हेर्न गए तर सकेनन् हेर्न, पुनः बेहोस भएर पल्टिए ।

अहिले पनि पटक–पटक श्रीमती, छोरा र छोरी सम्झेर भक्कानिएर रुने गरेका छन् । विकास गत भदौमा एक महिना घर बसेर साउदी फर्किएका थिए भने गएको जेठ १५ गते नै घर आउने तयारीमा थिए तर लकडाउनका कारण रोकिए । उनले भने, ‘लकडाउन नभएको भए पनि श्रीमती छोराछोरीको मुख देख्न पाउने रहेछु, तर के गर्नु दैवले सबै चकनाचुर पारिदियो ।’

बाह्र वर्ष लामो समय खाडीमा बिताएका ३२ वर्षीय विकास गाउँमै फर्केर केही गर्ने सोचमा थिए । उनले भने, ‘अहिले केही सोच्नै सकेको छैन, छोराछोरी र श्रीमती मरेजस्तै लाग्दैन ।’ आफू विदेशमा भए पनि दैनिक एक÷डेढ घण्टा छोराछोरीसित कुराकानी गर्ने गरेको बताए । पटक–पटक भक्कानिएका विकासले भने, ‘आखिर जीवन केही पनि रहेनछ ।’

त्यस्तै पहिरोमा आमाबाबु र आफैँले जन्माएका छोरा र छोरी गुमाएका मृतक तुलबहादुर थापाका छोरा अमरबहादुर पनि रोएको रोइरहन्छन् । ‘न पालनपोषण गर्ने आमाबाबु रहे न जन्माएका छोराछोरी नै, जीवनमा यस्तो बज्रपात कसैलाई नपरोस्’, उनले भने ।

आफू र श्रीमती घरभन्दा २०० मिटर टाढा रहेको पसलमा रहेकाले बाँच्न सफल भएको उनले बताए । बस्ती माथिबाट आएको पहिरोले पुरिएर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी, नातिनी आठ वर्षीया बिबिशा र नाति १४ वर्षीय सम्राट, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीय दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेकको मृत्यु भएको थियो ।

त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमला विक तथा उनकी छोरी आठ वर्षीया प्रमिशा र १४ वर्षीय छोरा जेनिशको ज्यान गएको थियो ।(रासस)

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top