मौसम प्रतिकुल हुँदा सलह सक्रिय हुने सम्भावना टर्यो

२३ असार ७७, बुधबार

२४ असार, काठमाडौं ।
नेपाल भित्रिएको सलह कीरा अब सक्रिय हुने सम्भावना टरेको छ ।

Advertisement

केही दिनयता सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले सलह अब सक्रिय हुने सम्भावना सकिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए । बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरै संख्यामा सलह मरेको पाइएको उनले बताए।

यस्तै कालिकोट, रुकुम, मुस्ताङलगायतका ठाउँमा झुण्ड पुगे पनि चिसो हावापानीको कारण आफै मरेका हुन सक्ने उनको भनाइ छ । नेपाल भित्रिएका झण्डै ८० लाख सलह कीरा स–साना झुण्डमा बाँडिएर देशका ५५ वटा जिल्लामा पुगेका थिए । सलहले दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

Advertisement

यसैबीच भारतमा रहेको अरु झुण्ड नेपाल आउने सम्भावना के कति छ भनेर छलफल गर्न आज प्राविधिक सहितको बैठक बस्ने भएको छ । बैठकपछि भारतबाट नेपाल आउने नयाँ झुण्डको सम्भावना के कति छ, कतिको सँख्यामा छन्, हावाको गति कुन दिशातिर फैलन्छ भनेर छलफल गरेर मात्र भन्न सकिने हुमागाईंले बताउए ।

भारतले पनि अहिले मध्य प्रदेशको जगतनगरमा रहेको झुण्ड झुण्डलाई निश्क्रिय पार्ने प्रयास गरिरहेको उनले बताए। भारत यसलाई निश्क्रिय पार्न कत्तिको सफल हुन्छ भन्नेमा पनि भर पर्ने उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top