×

NEPAL TIMES UPDATES

Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026

दिनभरका प्रमुख खबर

२५ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(संक्रमण घट्दो)
नेपालमा कोरोना संक्रमितको सख्या घट्दै/आज १ सय ८ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो /७ हजार ८ सय ९१ जना संक्रमित निको भएर घर फर्किए ।

Advertisement

२.(परीक्षण बढ्दै)
बिहीबारसम्म पीसीआर विधिबाट २ लाख ७१ हजार १ सय ४५ जनाको कोरोना परीक्षण/८ हजार ६ सय ५ जना आइसोलेसनमा /देशभर २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा ।

३.(गुड्ने भए गाडी)
काठमाडौंको हकमा उपत्यकाभित्रका ३ जिल्लामा र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र छोटो दुरीका सवारीसाधन चल्न दिने सरकारको निर्णय /काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई चल्न नदिइने /सवारी भाडा ५० प्रतिशतले बढ्यो ।

४.(थोपरियो ऋण)
रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि करिब ५४ अर्ब र सहरी क्षेत्रको सुधार र पूर्वाधार आयोजनाकालागि विश्व बैंकले दिने १८ अर्ब ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय/भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आएका विषयवस्तुप्रति सरकारको ध्यानाकर्षण ।

५.(बग्यो बाह्रबिसे)
भारी वर्षासँगै भोटेकोसी नदीमा आएको बाढीमा बाह्रबिसे जम्बुका २ जनाको मृत्यु /२२ जना बेपत्ताहरुको खोजी जारी /घाइते ४ जनालाई उपचारका लागि काठमाडौं लगियो /सभामुख अग्निप्रसाद सापकोटाद्वारा बाढी क्षेत्रको अनुगमन ।

६.(अब त अत्ति भो)
भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा गरेको प्रचार बन्द गर्न नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको आग्रह/ भारतीय च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत यान्छीलाई जोडेर अनर्गल प्रचारले सीमा नाघेको उल्लेख ।

७.(मान्दैन रे भारत)
नेपालले जारी गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै भारतले औपचारिक कूटनीतिक पत्र पठाएको खुलासा /भारतले असार १० गते नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयद्वारा संसदीय समितिलाई जानकारी दिएपछि उक्त कुरा सार्वजनिक ।

८.(औपचारिक पदमुक्त)
संघीय संसद सचिवालयद्वारा समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी /संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले दिएको पत्रबारे जानकारी दिएपछि गिरी पदमुक्त ।

९.(समाजवादीको चर्चा)
राजपा र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता / सरिता गिरीले निर्वाचन आयोगमा दिइन् आफूविरूद्ध समाजवादी पार्टीले गरेको कारबाहीबारे निवेदन ।

१०.(सचेतले पुग्छ ?)
मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न आयोगको सचेत /सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गरेको विषयमा अन्सारीले कारवाही फिर्ता गर्न भन्दै विरोध गरेपछि आयोगकै आपत्ति ।

११.(धरहराको ढलान)
भूकम्पले क्षतिग्रस्त धरहराको दशौं तलासम्मको ढलान सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भनाई /धरहराको पुनर्निर्माणको काम ४० प्रतिशत बाँकी / सिंहदरबार पुनर्निर्माणको काम ९८ प्रतिशत सम्पन्न ।

१२.(पूरा होस् प्रतिबद्धता)
प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउन प्रयत्न गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रतिबद्धता /दज्र्यानी चिह्न ग्रहणसँगैमहानिरीक्षक थापाद्वारा कार्यभार ग्रहण ।

१३.(नेपालीको भार)
हवाई क्षेत्र सुधार कार्यक्रमका लागि एसियाली विकास बैंकद्वारा नेपाल सरकारलाई ६ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध / प्राप्त ऋण नीतिगत सुधारमा प्रयोग गरिने /२०२३ सम्म ऋण कार्यान्वयन कायम हुने ।

१४.(रेकर्ड्र तोड सुन)
बिहीबार नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड /सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम/चाँदीको पनि भाउ तोलामै २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँ कायम ।

र,

Advertisement

१५.(बढ्दो कहर)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर ५ लाख ५२ हजार बढीको मृत्यु /१ करोड २१ लाख बढी संक्रमित /७० लाख ९३ हजार बढी निको भए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top