उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म

२६ असार ७७, शुक्रबार
Share this
804shares

२६ असार, उलान बाटोर ।
उडिरहेको विमान भित्र मङ्गोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मङ्गोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।

Advertisement

जन्मिएका ती बच्चाहरू बालिका हुन् भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिनाअगाडि नै सुत्केरी भएको जनाइएको छ । बच्चा जन्माएकी महिला र दुवै बच्चाहरूलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको मङ्गोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुले जानकारी दिए।

विमानमै जुम्ल्याहा सन्तान जन्मिएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको बताए । कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरू चार्टर गरिएको विमानमार्फत् यात्रा गरेका थिए ।

Advertisement

ती महिलासँगै मङ्गोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मङ्गोलियाको यात्रामा रहेका थिए ।

रासस / सिन्ह्वा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top