२८ असार, एजेन्सी ।
बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ ।
अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै उनका परिवारका सम्पुर्ण सदस्यको कोरोना परीक्षण गरिएकोमा अभिषेकलाई पनि कोरोना पोजेटिभ देखिएको हो । दुबैलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।
यसबारे अमिताभले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका थिए । यसै गरी उनका छोरा अभिषेकले पनि यसबारे जानकारी दिँदै आफ्ना बाबुलाई कोरोना पोजेटिभ देखिएको र आफ्नो पनि रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।
उनले आफूलाई र आफ्ना बाबुलाई सामान्य लक्षण देखिएको र अस्पताल भर्ना भएको पनि उल्लेख गरेका छन् । उनले सबैलाई नआत्तिन र सकारात्मक हुन सुझाव दिएका छन् ।
योसँगै बच्चन परिवारका अन्य सदस्यको पनि कोरोना रिपोर्ट पोजेटिभ आउने अनुमान गर्न सकिन्छ ।