सत्रकिलोमा सडक भासिएपछि नारायणगढ–मुग्लिन खण्ड एकतर्फी सञ्चालन

२९ असार, चितवन ।
नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सत्रकिलोमा सडक भासिँदा एकतर्फी सञ्चालनमा आएको छ ।

विगत केही दिनदेखिको अविरल बर्षाका कारण डेढ फिट गहिरो पिच सडक भासिएकाले एकतर्फी सडक सञ्चालनमा आएको हो ।  बिहान सवा ९ बजे सडक भासिएको छ,” जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले भने, “अहिले एकतर्फी रूपमा गाडी पास भइरहेको छ ।’

उनका अनुसार भासिएको उक्त स्थान मर्मतका लागि समय लाग्ने भएकाले तत्काल दुईतर्फ गर्न सकिने छैन । उक्त भासिएको स्थान भरतपुर महानगरपालिका २९ नम्बर वडामा पर्छ । सडक त्रिशूली नदीतिरको भाग भासिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top