झापामा ७ सय जनालाई स्थानान्तरण गरियो

२८ असार ७७, सोमबार

२९ असार, झापा ।
झापास्थित विभिन्न स्थानमा डुबानको जोखिममा परेका १५७ घर परिवारका करिब सात सय मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

झापाका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र सालमारालगायतका अन्य विभिन्न स्थान डुबानमा परेका छन् । डुबानमा परेका र जोखिममा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्ला दिनमा परेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top